लेखक डिआर राईको पछिल्लो कृती कथासंग्रह ‘खोक्पा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०८०, सोमबार

काठमाडौँ । लेखक (दिनेशकुमार राई)को पछिल्लो कृती बजारमा आएको छ । ‘खोक्पा’ नामक कथासंग्रहलाई २०८० पौष १४ गते राजधानीमा आयोजित एक कार्यकामकाबीच लोकार्पण गरि बजारमा ल्याइएको हो । पेज टर्नर प्रा.लि.का अध्यक्ष भुवनहरि सिग्देल, प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी, समालोचक निमग्ना घिमिरेले तथा लेखक स्वयम्ले संयुक्त रूपमा उक्त कृतिको विमोचन गरेका थिए ।

यस कथासंग्रहमा विभिन्न विषयमा लेखिएका ११ वटा कथा समावेश छन्।

यस संग्रहमा जेष्ठ नागरिकले भोग्ने दुःख, वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, पर्यावरणलगायत विभिन्न विषयवस्तुकेन्द्रीत कथाहरु छन् । पुस्तकमा संग्रहित ‘बुढो रुख’ कथाले प्रकृति र मानवको तुलना गर्दै बुढेसकालको एक्लो जीवनलाई चित्रण गरेको छ। ‘हराएको नाता’ कथामा जीवनको अन्तिम अवस्थामा छोराबुहारीले आमालाई छाडेर विदेश गएको मार्मिक प्रसंग छ ।

त्यसैगरी ‘नयाँ बाकस’ शीर्षक कथामा वैदेशिक रोजगारीमा गएको बाबुले छोरीलाई ल्याइदिएको नयाँ बाकसभित्रको उपहारलाई विषय बनाइएको छ ।

त्यस्तै डिआरका अन्य प्रकाशित सिर्जनात्मक कृतिहरुमा ‘नयाँ मोडहरू’ (गीतसंग्रह २०६३), ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’ (यात्रा संस्मरण २०६६) , ‘आत्मभाव’ (गीतसंग्रह २०७२), ‘तिलस्मी’ (उपन्यास २०७५), ‘सेन्टोसा’ (यात्रा संस्मरण २०७७), ‘समयको डोब’ (अनुभव र अनुभूति २०७७), ‘स्प्राउड अन द रक’ (तिलस्मी उपन्यासको अनुवाद २०७८) लगायतका कृतिहरू प्रकाशित छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु