गाउँले रोधीघरमा यम बराल शुभकामना साँझ

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार

काठमाडौं । बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गइहाली लगायतका सयौं चर्चित गीतका गायक यम बराल नयाँ वर्षको शुभकामनासहित गाउँले रोधीघर मित्रनगर, नयाँ बसपार्कमा आज प्रस्तुत हुँदैछन् । यम बराल शुभकामना साँझका माध्यमले गाउँले रोधीघरको शुक्रबारे साँझमा आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने भएका छन् । गायक बरालका साथमा राजेन्द्र गिरी (गुन्द्रुके जादूगर)को प्रस्तुति रहनेछ भने रोधीघरका आफ्नो प्रस्तुतिले पनि पाहुना महानुभावहरुलाई मनोरञ्जन प्रदान गर्ने रोधीघरका संचालक एवं चर्चित गायक दिपसागर थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु