याम प्रसाद निउरे र देवी घर्तीको स्वरमा तीज गीत ‘रानीहार’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०८२, बुधबार ००:२१

काठमाडौं । नेपाली महिलाहरुको महान सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा विभिन्न गीतहरु बजारमा आइसकेका छन् । कलाकारहरुले आ–आफ्नो सिर्जनालाई सांस्कृतिक चाडको कोसेलीको रुपमा बजारमा ल्याइरहेका छन् । यसैक्रममा आफ्नो मौलिकतालाई विशेष रुपमा लिँदै बजारमा नयाँ नयाँ गीतहरु आउने गरेका छन् । यस वर्ष सार्वजनिक तीज गीतहरूमध्ये एक सशक्त र प्रभावशाली सिर्जना ‘चोली फाटेकोमा’ आफ्नो सशक्त सिर्जना दर्शक श्रोता माझ पस्किएका सर्जक याम प्रसाद निउरेको अर्को कोसेली ‘रानीहार’ बजारमा आएको छ । रानीहारमा गायिका देवी घर्ती र यामप्रसाद निउरेको स्वर रहेको छ । गीतको शब्द भने गायक निउरेले नै लेखेका छन् । रानिहारमा भने अलिकति मायाप्रेम हासो ठट्टालाई उजागर गर्दै निउरेले शब्द लेखेका छ्न् भने चलन चल्तिकै भाका गीतमा प्रयोग गरिएको छ ।

‘रानीहार’ गीतको भिडियोलाई प्रबिन थापाको कोरियोग्राफ र निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन रहेको छ । भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् । यस भिडियोमा स्मारिका ढकाल र सुरेस कोहलीको अभिनय तथा नृत्य देख्न पाइन्छ । भिडियोलाई गायक निउरेको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
चौथो तीज म्यूजिक अवार्डमा सहभागी हुनका लागि यो लिंकमा क्लिक गर्नुहोस्ः https://service.aventoz.com/formBooking/68822cf4a375d1753361652

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु