यानिमाया रोधी क्लब १२ औं बर्षमा प्रबेश

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

केपि कुमार जलन, बागलुङ । एकातिर महाबिनाशकारी भुकम्प त अर्को तर्फ महामारी कोरोना भाईरसले नेपाली दोहोरी ब्यबसायिलाई निकै चुनौति रहयो । महङगो भाडा ब्यबसायिक कलाकारका आवश्यकता एकातिर अर्कोतर्फ रोधि कल्ब ठप्प जसको ठुलो सामना खेप्नु पर्यो रोधि कल्बहरूले तेहि रोधी कल्बबाट जीवन निर्वाह गरेका गायक गायिकाको त झनै संकटमा परे ।

रोधिघर संचालन पछि दैनिक आउने गेष्ट बाट प्राप्त रकम टिप्स बाट र गेष्टबाट चलिरहने दोहोरी साझबाट मासिक तलबबाट बाच्ने आधार नै रोधि कल्ब हुन यो सिवाय अन्य ब्यवसायिक पनि गरि रहेका छन् । कलाकारहरू यसो त राजधानिमा मात्रै दर्जनौ रोधी कल्ब संचालनमा रहेका छन । पछिल्लो समय आफ्नो, ब्यबसायिकता संगै राजाधानिको मुटु मानिने गोङगबु बसपार्कमा बिगत १२ बर्ष देखि संचालन हुँदै आएको यानिमाया रोधि कल्बले जस्तो सुकै अफ्ठयारा कठिन यात्रालाई पनि सामना गर्दे यतिबेला आफ्नो कल्ब ११ औं वसन्तपार गरि १२ औं बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कल्बले बिबिध सांगीतिक कार्यक्रम सहित आफ्नो बार्षिकोत्सब मनाउँदै छ ।

‘यानिमाया रोधी घर हाम्रो गौरव हाम्रो सान कलाकार र संस्कृतिको बिकास कलाकारको उत्थान’ भन्ने मुल नाराको साथ स्थापना भएको कल्बले हरेक बर्ष झैँ यसवर्ष पनि क्लबको बार्षिक उत्सब मनाउन लागेको हो ,बैशाख २४ गते देखी २६ सम्म साझ ७ बजे,देखी बेलुका १ः४५ बजे सम्म मनाउन लागिएको बार्षिकोत्सबमा चर्चित राष्ट्रिय,स्तरका कलाकारहरू संगै मानसिङ खडका,निश्चल श्रेष्ठ,यामु,श्रिस,बिष्णु,जुग्जाली मगर,केशरी घर्ती मगर,हाँस्यकलाकार नीर आले मगर, मोडल तथा नृत्याङगना भुमिका पुन, बिनिता पल्लि मगर लगायतको प्रस्तुति रहने कल्बको प्रोपाईटर दिलु सलामि मगरले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु