योगेश र योङ्ग मिनिस्टरको ‘जन आक्रोश’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ४ असार २०७६, बुधबार

हिपहप शैलिमा योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको गीतको भिडियोमा विक्रम आदित्य शाहको निर्देशन रहेको छ । भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ । आफ्ना अन्य गीत जस्तै ‘आक्रोश’ले पनि स्रोता र दर्शकको माया पाउनेमा आफू आशावादी रहेको गायक योगेशले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु