योजना पुरीको तीजको दर खान “चुले निम्तो” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाली नारीहरुको महान चार्ड हरितालीका तीज आउदै गर्दा तीज सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यही अवसरमा योजना पुरीको “चुले निम्तो” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा रविन बिष्टको शब्द रहेको उक्त गीतमा गौरव दर्पनको संगीत रहेको छ भने सन्जीब बराईलीको एरेंज रहेको छ । उक्त गीतको भिडियो जेम्स क्षेत्रीले छायाँकन गरेका हुन् भने भिडियोमा मन्जु र सरिताको अभिनय रहेको छ ।

तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा दर खान सबैलाई निम्तो दिइएको छ । मन्जु बुढाथोकीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई मास्टर जे,बि,ले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोलाई योजना पुरीको युटयुबबाट सार्वजनिक गरिएको हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु