साथी संगीलाई तिजका अवसरमा योजनाको ‘चुलै निम्तो’

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७६, बुधबार

गायिका योजना पुरीको ‘चुलै निम्तो’ बोलको तीज गीत सार्वजनिक भएको छ । निकै मिठो र सरल पस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीब बराइलीको संगीत संमयोजन रहेको छ । भिडियो पक्ष्य पनि उतिकै बलियो रहेको उक्त तीज गीतमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ । गीतमा अन्जली अधिकारी,फुल्देकी आमा र भानु फुयालको परिवारकै अभिनय देख्न सकिन्छ । गीतमा सरेश श्रेष्ठको छायाँकन रहेको छ भने सम्पादन, प्रकाश धमलाको रहेको छ । मौलिकपन झल्कने तीज गीतमा मेकअफ आर्टिष्ट श्याम मल्लले सबै कलाकारको मेकअफ पनि सुन्दर तरिकाले गरेका छन् । धर्मस्थीमा रहेको गाउँको परिबेशमा छायाँकन गरिएको छ । गीतको सबै पक्ष्य उतिकै सबल रहेकाले गर्दा दर्शक स्रोता माया अबश्य पनि पाउनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु