गायिका एवं सञ्चारकर्मी योजनाले ल्याइन् वास्तविक तीज गीत ! हेर्नुहोस् भिडियो ।

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७५, मंगलवार

श्रावण १, काठमाडौं । अहिले तीज गीतका नाममा उत्ताउला र विकृतिजन्य गीतहरु आइरहेको आम गुनासो विपरित गायिका एवं सञ्चारकर्मी योजनाले भने नेपाली समाजले हेर्न र सुन्न चाहेको किसीमको तिज गीत लिएर आएकी छिन् ।

ओएस नेपालकर्मी तथा गायिका योजना पुरीको सुमधुर आवाजमा ‘सपक्कै सारी सप्को पारेर’ बोलको गीत सार्वजनिक भएको छ । गीत आज श्रावण १ गते नै स्वयं गायिकाको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी कमल सरगमको शब्द चर्चित सर्जक एकनारायण भण्डारीको संगीत रहेको गीतको भिडियोमा दिकपाल खड्कासँगै मोडल एवं नायिका जान्वी बोहोराले मोडलिङ गरेकी छिन् । भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु