मेलिना राई र बिवश बस्नेतको ‘पिरतीमा कर’

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार

काठमाडौं । सांगीतिक बजारमा सांगीतिक कोसेलीहरु आउने क्रम जारी छ । सोही क्रममा पछिल्लो समयमा नयाँ सांगीतिक कोसेली ‘पिरतीमा कर’ बजारमा आएको छ ।
यस गीतमा चर्चित गायिका मेलिना राई र बिवश बस्नेतको स्वर रहेको छ भने कुमार कार्कीको शब्द, संगीत रहेको छ । चर्चित कलाकार तथा निर्देशक शिवन पोखरेलको निर्देशन रहेको यस गीतमा अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा युबिन ढुंगाना र अप्सना थापाको अभिनय हेर्न पाईन्छ । यस गीतलाई दर्शक श्रोताहरुले रुचाउने अनुमान गरिएको छ ।

कस्तो छ त गीत हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु