• जीवनको संघर्ष र युवापुस्ताको कथा युवराजको ‘घुरघुर परेवी घुर्छ’

    म्यूजिक खबर
    प्रकाशित: ६ बैशाख २०७८, सोमबार
    Yuvraj Chaulagain

    काठमाडौं । गायक युवराज चौलागाईं नयाँ गीत ‘घुर घुर परेबी घुर्छ‘’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतमा गायक चौलागाईंकै स्वर तथा संगीत सुन्न सकिन्छ । गीतका शब्दहरु कौशिला खनाल कर्माचार्यले रचना गरेकी हुन् ।

    उक्त गीतको म्युजिक भिडियो गायक चौलागाईंकै यूट्युब च्यालनमार्फत सार्वजनिक भएको छ । उक्त गीत तथा भिडियोमा नेपालका आम युवाको कथालाई चित्रण गरिएको छ ।

    गाउँमा घर, परिवार, श्रीमती तथा सानी छोरीको मीठो सपना पुरा गर्ने उदेश्यले वैदेशिक रोजगारीका जानका लागि शहर पसेको एउटा युवकले शहरमा आएर भोग्नु परेको दुःख, हण्डर तथा सास्ती अनि अन्त्यमा संघर्षकै क्रममा जीवनसंगै हार्नु परेको पीडालाई भिडियोमा कारुणीक शैलीमा चित्रण गरिएको छ ।

    गायक चौलागाईको अनुसार जीवन निर्वाहका लागि आम नेपाली युवाले गरिरहेको संघर्षको कथा यो गीत तथा भिडियोमार्फत देखाउन खोजिएको छ ।

    निकेश खड्काद्वारा निर्देशित उक्त गीतको भिडियोमा गायक चौलागाईं नै मुख्य भूमिकामा छन् । उनले अभिनयमा प्रसस्त मेहनत गरेको देखिन्छ ।

    भिडियोमा उनलाई अभिनेत्री वर्षा राउतले श्रीमतीको रुपमा साथ दिएकी छिन् । धिरजजंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन विकाश धमलाले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु