आगोको गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७१, शुक्रबार

काठमाडौं । चलचित्र ‘आगो–२’ प्रदर्शनका लागि तयार भएको छ । दश वर्षे जनयुद्धमा आधारित भनिएको यस चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् ।  चलचित्रबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा निर्देशक घिमिरेले आफ्ना चलचित्रमा जनता र पत्रकारलाई नायक बनाएको  दाबी गरे । घिमिरेले भने, ‘तत्कालीन जनयुद्धकालमा जनतामाथि भएको ज्याजतीलाई चलचित्रमा देखाइएको छ । त्यसैले यस चलचित्रको नायक पनि जनता र पत्रकार नै हुन् ।’  चलचित्र ३१ असोजमा देशभर प्रदर्शनमा आउने बताइएको छ । कार्यक्रममा चलचित्रको गीत तथा प्रोमो सार्वजनिक गरिएको थियो । ‘आगो–२’ मा सुशील क्षेत्रीकै मुख्य अभिनय छ ।
पुरानो ‘आगो’ मा पनि सुशीलकै मुख्य भूमिका थियो । यस चलचित्रलाई किसान पोखरेलले बनाएका हुन् । निर्माता पोखरेल आफ्नो चलचित्रप्रति आशावादी छन् । यसअघिको ‘आगो’ का निर्माता पनि उनै हुन् । पोखरेलले भने, ‘आगोको चर्चा र विवादले सिक्वेलको व्यापारलाई मद्धत गर्ने आशा गरेको छु ।’ चलचित्रमा सुशीलका अवाला प्रिया रिजाल र सारिका घिमिरेको पनि मुख्य अभिनय छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु