
१५ बैशाख, काठमाडौं । सांस्कृतिक आदान–प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको नेपालको नम्बर १ कल्चरल ग्रुप ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले टर्कीको चनाक्काले शहरमा चनाक्काले नगरपालिकाले आयोजना गरेको अन्तर्राष्ट्रिय बालबालिका लोक सांकृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ । १००० भन्दा बढी बालकलाकारहरुले भाग लिएको मेलामा नेपाल सहित बिश्वका २० राष्ट्रका ३५ समुह सहभागी भएका थिए, मेला अप्रिल २० देखी २६ सम्म चलेको थियो।
एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आर. सी. कोइरालाको नेतृत्व तथा ग्रुपका निर्देशक सीतल आचार्यको संयोजनमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनि, धिमाल, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो ।
मेलामा ग्रुपका प्रमुख आर. सि. कोइराला तथा निर्देशकहरु सितल आचार्य, प्रदीप तिमील्सिना, नृत्य निर्देशक जोगेन्द्र के. सी. तथा लालिगुराँस स्कुलको तर्फबाट विद्यार्थीहरु जेनिश तमाङ, रुबी परीयर, खुशी रामदाम, सृस्टि देवकोटा, हिमनी थापा मगर, प्रतिशा लाम, छोदेन लम, युद्ध जङ्ग थापा मगर, सोनिका बस्तोला, सुबिका महर्जन, इशा सुनुवार लगाएत बालकलाकारहरु सहभगि भएका थिए ।
सोहि अवसरमा ग्रुपका निर्देशक सितल आचार्यले चनाक्काले शहरका नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाब तथा आयोजकलाई भेटि नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धि बिशेस कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताए ।
टर्कीको बाटो बाटो घर घर र हरेको चोक चोकमा आकाश चुम्नी राष्ट्रिय झन्डै झन्डा देख्दा सहभागी बालबालिकाहरुले हाम्रो देशमा किन हाम्रो राष्ट्रियता र राष्ट्रिय झन्डालाइ यो देश टर्कीमा जसरी प्राथमिकता नदेको भन्दा आफुले केही जवफ दिन नसकेको बताउछिन निर्देशक आचार्य।
“मेलामा सहभागी जनाउदा कतिपय राष्ट्रका नागरिकले नेपालको नामै नसुनेको, सगरमाथा (एभरेष्ट) को नाम सुनेको तर कहाँ पर्छ भन्ने पनि थाहा नभएको, बुद्ध जन्मियको ठाउँ भन्ने पनि थाहा नपाएको देखिन्छ त्यतिबेला आफ्नो मननै भक्कानिएर आउछ, एकदमै दुख लाग्छ, अर्का निर्देशक प्रदीप तिमील्सिनले भने । उनले अगाडि भने “नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिलाइ बिश्वभर नेपाललाई चिनाउने र नेपाली सस्कृति मार्फत बिश्वभर राजदुतको काम गर्ने कलाकार तथा सस्थालाई राज्यले बेवास्ता गरेको हुदा दुखलाग्छ । कला सस्कृतिलाई प्रबन्धन तथा सम्बर्दन गर्ने सस्था, कलाकारहरु राष्ट्रको सम्पति हुन् भन्ने कुरा राज्यले बुझ्न गरुरी छ” ।