
बेइजिङ, (एजेन्सी) । चीनमा एयर होस्टेज बन्ने होडमा विकिनीमा १ हजार युवती विकिनी परेडमा सहभागी भएका छन् । विमान यात्रुको सेवामा खटिनुपर्ने एयर होस्टेज पेशाप्रति पछिल्लो समय चीनमा युवतीहरुको आकर्षण बढ्दो छ । चीनको क्विन्डाओस्थित एक विद्यालयले विद्यालय तह उत्तीर्ण गरेकाहरुबाट युवतीहरुको अडिसन लिएको थियो । क्विन्डाओमा भएको बिकिनी परेडमा विद्यालय तह उत्तीर्ण १ हजारभन्दा बढी चिनियाँ युवतीले सहभागिता जनाएका थिए । उनीहरु बिकिनीका अतिरिक्त एयरलाइन्स युनिफर्ममा समेत क्याटवाक गरेका थिए । सुपर मोडल र फ्लाइट अटेन्डेन्ट्सलाई विश्वले दुई फरक पेशा मान्ने गरेको छ ।