को बन्ला सर्वोत्कृष्ट पप गायक ?

म्यूजिक खबर
प्रकाशित: ९ असार २०७४, शुक्रबार

कर्णप्रिय स्वरका धनी अमिर, उदेश, डेबिट, सुरज र श्याम मध्ये को बन्लान् यो वर्षको उत्कृष्ट पप गायक ?


असार ९, काठमाडौं । छैटौं ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०७४’को मनोनयन सार्वजनिक भएको छ । आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको अवार्डका लागि सर्वोत्कृष्ट पप गायक विधाका लागि गायकहरु अमिर देउला, उदेश श्रेष्ठ, डेबिट शंकर, सुरज श्रेष्ठ र श्याम सामसोङ मनोनयनमा परेका छन् ।

pop singer.

सुमधुर स्वरका धनी गायकहरु निम्न गीतबाट मनोनयमा परेका हुन् ।

क) अमिर देउला        मेरो भविश्य

ख) उदेश श्रेष्ठ         ती नजर

ग) डेबिट शंकर        आइकम विकम

घ) सुरज श्रेष्ठ         भुल्यौ कि

ङ) श्याम सामसोङ    पर्दाफास भो

कर्णप्रिय स्वरका धनी यी गायकहरु मध्येबाट कुनै एकले ‘सर्वोत्कृष्ट पप गायक’ घोषित भई अवार्ड उचाल्नेछन् ।
www.musickhabar.com (म्यूजिक खबर)को आयोजना तथा सांस्कृतिक संस्थानको (नाचघर)को सहआयोजनामा हुने यस कार्यक्रममा राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीतसंगीतका विभिन्न ३४ विधामा कलाकारहरुले अवार्ड उचाल्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु