![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
साउन १२, काठमाडौं । चर्चित गायिका कोमल वली अविवाहित हुन् सबैलाई थाहा छ । बेलाबेलामा नेता र अभिनेतासँग नाम जोडिएर थप चर्चामा आउने उनै कोमलको यतिबेला गोठालो जाँदाको प्रेमीसँग वर्षौंपछि भेट भएको छ । लामो अन्तरालमा भेटेपछि सानो छँदा सँगै खेलेको, गफ गरेको सम्झँदै बाल्यकालतिर फर्कदै उनका प्रेमीले कोमलको खुलेर तारिफ गरेका छन् । फक्रिएको फूल र पूर्णिमाको जुनसँग उनलाई तुलना गरेका छन् ।
तर यो प्रसंग वास्तविक नभै तिज गीत ‘लै लै माया’ को प्रसंग हो । केहि समय अगाडि आफ्नी बहिनी प्रज्ञा शरदको साथमा ‘म त नाच्दिन केरे’ बोलको गीत सार्वजनिक गरेकी वलीले अर्को पनि तिज गीत सार्वजनिक गरेकी छिन् ।
सचेत विरही भण्डारीसंग उनले अर्को छमछमी नाच्न मिल्ने तिजको गीत ‘लैलै माया’ बजारमा ल्याएकी हुन् ।
गीतमा माया पिरतीका प्रसंग उल्लेख गरिएको छ । खड्ग शर्माको शब्द, यादव योगीको संगीत र सचेत विरही भण्डारीको स्वरमा वलीले स्वर दिएकी छिन् ।
हेर्नुहोस् भिडियो :