गायिका मुनालाई तिज लाग्यो

म्यूजिक खबर
प्रकाशित: १० असार २०७२, बिहीबार

काठमाडौं । पछिल्लो समयकी व्यस्त गायिका हुन् मुना थापा मगर । देश भएका कार्यक्रमहरुभन्दा पनि विदेशमा हुने कार्यक्रममा उनको सहभागिता धेरै हुन्छ । त्यस्तै लोकदोहोरीको क्षेत्रमा गीत रेकर्ड गर्नका लागि पनि उनको व्यस्तता धेरै नै हुने गरेको छ । लोकदोहोरी क्षेत्रमा सरल स्वभाव भएकी गायिका मुना थापा मगरले गाएका गीतहरुले स्रोताको मन मुटु जित्न पनि सफल भएका छन् । उनको स्वरको जादूमा धेरैले रस्वादन गरिसकेका छन् । एकपछि अर्को गर्दै उनका गीतहरु हिट हुँदै गएपछि उनलाई भ्याइनभ्याइ भएको छ ।
बैशाख १२ गतेको भुकम्पले गर्दा यो वर्षको तिजलाई धेरै असर परेको छ । गत वर्षहरुमा यतिखेर रेडियो टेलिभिजनमा तिजका गीतहरु बज्न सुर गरिसकेका हुन्थे भने यो वर्ष भुकम्पका कारण तिजका गीतहरु बल्ल रेकर्ड हुने क्रम सुरु भएको छ । तिजलाई नै लक्षित गरी गायिका मुना थापाको स्वरमा पनि गीत रेकर्ड भएको छ । गीतकार प्रेमसागर पौडेलको शब्द र संगीतमा गायिका थापाले तिजको गीत गाएकी हुन् ।

बर्षै र दिनको तीज आउँदा पनि आँसुले रुझेनी
बरिलै आँसुले रुझेनी
माइतीको माया खोइ कस्तो हुन्छ बल्ल पो बुझेनी
बरिलै बल्ल पो बुझेनी
घरै मुनि पानीको धारो, माइती घरको कुकुर नि प्यारो

muna thapa

यो गीत प्राप्ती पौडेलको तीजको एल्बम ‘माइतीघर’मा समाबेश हुने भएको छ । नेपाली सांगीतिक क्षेत्रको इतिहासमा समय सामाजिक सञ्जालहरुमा होस् वा यूट्यूबहरुमा सबैभन्दा बढी लाइक र कमेन्ट पाउने गायिकाकी रुपमा मुना थापा पर्ने गरेकी छिन् । प्रेमसागरको मौलिकता बोकेको शब्दमा गायिका मुनाको स्वरको जादूमा यो गीतले पनि उत्तिकै चर्चा पाउने आशा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु