ग्रीनकार्ड पाएर के गर्नु श्रीमान अर्कैको भएपछि…

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७२, शुक्रबार

मुलुकको अवस्था अहिले गम्भीर बनिरहेको छ । सबैतिर अभावै अभाव भइरहेको छ । केही समय पछिला ग्याँसको सिलिन्डरसहित श्रीमती अर्कैसँग हिडेको भन्ने समाचार पनि आएको थियो । तर अहिले भने त्योभन्दा फरक समाचार आयो ग्रीन कार्ड पाएपछि श्रीमानलाई पनि विदेश बोलाउँदा श्रीमती नै छाडेर श्रीमानले अर्कैसँग विहे गरेको कुरा । अब कसलाई कति विश्वास गर्ने यहाँ । आफ्नै भनेर जुनीभर सँगै जीउने र सँगै मर्ने कसम खाएर विश्वास गरेको मान्छेले यसरी धोका देला भनेर ?
माया प्रेमका यी धोका, विश्वासघात, संयोग, वियोग सधैं भइरहेको कथा हो । त्यही कथाभित्र ग्रीन कार्ड पाएपछि श्रीमती नै फेर्नेको कथा पनि समेटिएको छ ‘सधैं तिम्लाई विश्वास गरेँ’ भित्र पनि । गायक विमल डाँगीको शब्द र संगीतमा श्रेयसी चेमजोङले गाएको गीत हो सधैं तिमीलाई विश्वास गरेँ । विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको गीत सधैं तिमीलाई विश्वास गरेँ यतिबेला यूट्यूबमा चर्चित बन्दै गरेको छ । अमेरिकामा नै छायाँकन गरिएको म्यूजिक भिडियोमा संचारकर्मी सुरेशदर्पण पोखरेलको निर्देशन रहेको छ । म्यूजिक भिडियोमा सरिता डाँगी, पत्रकार सूर्य थापा र इट्ना कार्कीको अभिनय रहेको छ । शम्भु मोक्तानको छायाँकन रहेको यस भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

green card

sarita dangi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु