चर्चित सर्जक गणेश चौलागाई मायाको जालमा फसेको भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७४, बिहीबार

वैशाख १४, काठमाडौं । नेपाली लोक गीतको क्षेत्रमा परीचित नाम हो गणेश चौलागाई । नव आगन्तुक कलाकारदेखी विशिष्ठ ब्यक्तित्वहरुसँगको निरन्तर सहकार्य गर्दै गीत सङ्गीतमा निरन्तर छन् उनी । बिशेष गरी वियोगान्त लोक दोहोरी लेखनको बिधामा परीचित रहँदै आएका उनी यतिबेला मायाको जालमा फसेको सार्वजनिक भएको छ । सबै खाले गीत, कबिता,गजल लेखनमा पनि क्रियाशिल उनै चर्चित श्रस्टा गणेश चौलागाईको लय श्रीजना मा निकै मन छुने लोकदोहोरी गीत ‘हामी दुई मायाको जालमा फसेको’ बजार मा आएको छ । गीतकार निरु न्यौपाने को मन छुने शब्द रहेको गीतमा बहु चर्चित एवं लोकप्रिय गायक बिमल डाँगी र चर्चित लोकदोहोरी गायिका पूर्णकला बि.सि.को आवाज रहेको छ ।

ganesh

आफ्नो मायालु बाट टाढिएर बस्नु पर्दाको पिडाबाट गीतको सुरुवात गरिएको छ । प्रभासबाटै साङ्गीतिक यात्राा को थालनी गरेकी गीतकार निरु न्यौपानेको निकै मन छुने शब्दहरुले भरिपूर्ण यो गीत ‘मायाको जालमा फसेको’ पनि पहिलो प्रस्तुती ‘परदेश’ जस्तइ लोकप्रिय हुने र दर्सक स्रोता को माया पाउने मा आफु ढुक्क रहेको गीतकार निरु न्यौपाने बताउँछिन् । नीरु न्यौपाने र अनिल शाही को संयुक्त प्रस्तुती म रहेको यस गीतको म्युजिक भिडियो पनि राम्रो बनेको छ । रुपा कँडेल र सुरज धमलाको अभिनय रहेको यस गीत को म्युजिक भिडियो निर्देशन बब्बु थापाले गरेका हुन् ।ganesh chaulagain 1 दिनेश बान्तवाको छायाङ्कनमा तयार पारीएको यस गीतको सम्पादन बिष्णु शर्माले गरेका हुन् । गीतलाई बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।
गीतकार गणेश चौलागाईले लय श्रीजना गरेका यस अघीका गीतहरु – आमा (लोक गीत), अब साईनो छैन केही पनि….(लोक दोहोरी), परदेश …. (लोक दोहोरी) लगायत लोकप्रिय छन् । लोक तथा दोहोरी गीत सँगै आधुनिक गीत , गजल एबम चेतनामुलक गीत गरी कारीब पचास बढी श्रीजना प्रकाशन गरिसकेका चौलागाईद्वारा लिपीबद्ध ‘आफ्नो भन्न कहिल्यै पाइएन… , ‘कोइली कराउँदा… , ‘ए सानु पत्याउ अबत…… , ‘कान्छु तिम्लाई कती माया गर्छु ….., यो मनको इच्छा मा ……., अब साईनो छैन केही पनि …….., ‘हाम्रो नाता टुट्यो के कारण ……, ‘कहाँ पाउनु इन्टर्नेट ……, ‘फाटेको मन सकिन सिउनलाई ……., ‘मेरै भरमा पर्छिन ……, ‘पागलै बनौला मेरी मायालु …….लगायत लोकदोहोरी गीतहरु चर्चित छन् ।

रहर ले लागेको गीतसङ्गीत क्षेत्रमा आफु जस्तो सुकै अवस्थामा जहाँ रहे पनि निरन्तर रहिरहने बताउने चौलागाई कती सम्म सकृय रहलान् त्यो भने समयले नै बताउला ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु