जन्मभूमिलाई ‘युनिभर्सल सर्टिफिकेट’

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७१, आईतवार

काठमाडौं । वैशाख ११ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘जन्मभूमि’ लाई सेन्सर बोर्डबाट ‘युनिभर्सल सर्टिफिकेट’ दिइएको छ । अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले सबै उमेरका दर्शकलाई हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको हो ।
जन्मभूमि चलचित्रबाट निर्देशक मोहन निरौला १९ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन् । ‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्ममार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु ।’चलचित्रलाई निर्देशक मोहन निरौलाले नै लेखेका हुन् ।

चलचित्र जन्मभूमिमा राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, बाह्र्यी हस्तक्षेप एवं जनजीवनका विविध पक्षमाथि वकालत गरिएको छ । चलचित्रमा निश्मा घिमिरे, अनु शाह, विनोद श्रेष्ठ, जेविका कार्की, अग्रीम गिरी, विश्वकै कान्छा निर्देशक सौगात बिष्ट, ओम प्रतिक तथा केशव भट्टराईको पनि अभिनय रहेको छ ।

janbhoomi

 

युवराज राईको छायांकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा सुरज गिरीको लगानी रहेको छ । फिल्ममा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियले गीत लेखेका छन् भने फिल्मका कास्टिङ डिरेक्टर पनि शान्तिप्रिय नै रहेका छन् । फिल्मलाई उपत्यका भित्र सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले प्रदर्शनको लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु