![](https://musickhabar.com/wp-content/uploads/oye-maya-oye_dipak-Sharma-300x150.jpg)
कठमाडौँ । फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । तरकारीवाली भनेर चर्चामा आएकी कुसुम श्रेष्ठ लगाएतको अभिनय रहेको यो फिल्मको ट्रेलर काठमाडौँमा एक कार्यक्रमकाबिच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको हो ।
रिलिज गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ । साथै नव(नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्ने बताईएको छ । ‘लम्फू’लाई शक्ति बल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ । यो फिल्म बैशाख २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।