
स्टार वन इन्टरटेनमेन्टले राजधानीका विभिन्न कलेजमा प्लस टुमा अध्ययनरत छात्राहरुका बिच सौन्दर्य प्रतियोगिता ‘मिस टिन प्लस टु २०१६’ आयोजना गर्न लागेको छ । आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार कलेज अध्ययनरत विद्यार्थीहरुको आत्मविश्वास बृद्धी र व्यक्तित्व विकासका लागि दोस्रो संस्करणस्वरुप ‘मिस टिन प्लस टु २०१६’ आयोजना गर्न लागिएको हो । यसबाट प्रतियोगितामा सामेल किशोरीहरुको भविष्यको मार्ग निर्धारणमा सघाउन पुग्ने उनले बताइन् । कोरियोग्राफर अश्वीनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिता आगामी असार १९ गते राजधानीमो जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । प्रतियोगी सहभागी किशोरीहरुलाई नयाँ वानेश्वरको होटल रानी महलमा मास फेसिङ, ग्रमिङ, फेशन कोरियोग्राफी, डान्स, मेकअप, नेतृत्व क्षमता, व्यक्तित्व विकास, आर्टसलगायतको प्रशिक्षण प्रदान गरिइरहेको संयोजक बालकृष्ण पोखरेलले जानकारी गराए ।
प्रतियोगितामा सहभागी किशोरीहरुलाई छात्रबृत्ती, विदेशमा अध्ययनका लागि निःशुल्क प्रक्रियाको ब्यबस्था, आईटीएल/टोफेलको अध्ययनको ब्यबस्था मिलाइएको आयोजकले जनाएका छन् । प्रतियोगिताको अन्तिम स्पर्धामा निरु पोखरेल, अम्बिका कार्की, एमा लामा, उषा शर्मा, अलिना श्रेष्ठ, सृजु निरौला, प्रशंसा हमाल, सिमरन श्रेष्ठ, अस्मिता सोती, जोस्ना श्रेष्ठ, सहंशिला श्रेष्ठ, सपना गुरुङ, अनुराधा पंगेनी, नजमा कपाली, आशिका श्रेष्ठ, सुष्मिता खड्का, अलिसा बस्नेत, रक्षा अर्याल, मनिषा सञ्जेल, पुष्पलता कार्की, सेलिना कोइराला र पुनम श्रेष्ठ गरी कुल २२ किशोरीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताबाट मिस टीन प्लस टुका साथमा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअप तथा वेष्ट पर्सनालिटी, मिस क्याटवक, वेष्ट आर्टवर्क, वेष्ट स्माइल, वेष्ट हेयर, वेष्ट स्कीन, मिस ट्यालेन्ट, मष्ट फ्रेण्डली, मिस कन्जिनियालीटी, व्युटी विथ पर्पस, मिस फोटोजेनिक, मिस मेनेजमेन्ट च्वाईस, भिवर्स च्वाईस, फेसबुक च्वाईस, मष्ट पपुलरलगायतका उप उपाधि प्रदान गरिने आयोजकले जनाएका छन् । प्रतियोगिताअन्र्तग किशोरीहरुमा समाज सेवाको भावना जगाइने समेत आयोजकले जनाएका छन् । यस क्रममा प्रतियोगि किशोरीहरुलाई हालै पशुपतिस्थित बृद्धाश्रमको भ्रमण गराइएको थियो । बृद्धाश्रममा आश्रीत बृद्धबृद्धाका साथ किशोरीहरुले सुख दुःख शेयर गरेका थिए ।