
अल नेपाल पब्लिकेशनले राजधानीमा एकैसाथ बालबालिका र किशोर किशोरीबिचको प्रतिभामूलक र सौन्दर्यमूलक प्रतियोगिता लिटिल आइकन नेपाल २०१६ आयोजना गरेको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा बालकतर्पm संजम श्रेष्ठ विजेताका साथमा मिस्टर ह्याण्डसम भएका छन् भने दिपसन खड्का फष्ट रनर्सअपका साथ मष्ट डिसिपेन्ड, बेष्ट पर्सनालिटी र मष्ट फोटाजेनिक तथा सागर लामा सेकेन्ड रनर्सअपका साथ मिस्टर ट्यालेण्ट र मष्ट पपुलर भएका छन् । बालकहरुको यो प्रतियोगितामा अभिनब चापागाँइ मिस्टर क्याटवाक, नरेन महर्जन बेष्ट हेयर र सास्वत रिमाल बेस्ट स्कीन भएका छन् ।
त्यसै गरी बालिकातर्पmको स्पर्धामा श्रीष्मा चापागाँई विजेताका साथमा मिस ब्युटीफुल र मष्ट फोटोजेनीक, एना लामा फष्ट रनर्सअपका साथमा मिस क्याटवाक र बेष्ट स्किन, आश्रीती श्रेष्ठ सेकण्ड रनर्सअपका साथमा मेनेजमेन्ट च्वाईस अवार्ड, सुप्रिया अधिकारी थर्ड रनर्सअपका साथमा मष्ट व्युटीफुल आइज तथा प्रमिला तामाङ फोर्थ रनर्सअपका साथ बेष्ट हेयरको विजेता भएका छन्। त्यस्तै ऋतु गुरुङ्ग मष्ट पपुलर, नेचर दाहाल मिस ट्यालेण्ट, उषा भण्डारी बेष्ट पर्सनालिटी, अकि प्रजापती मष्ट चार्मीङ, सामना रिमाल बेष्ट स्पीच, अनिसा गुरुङ्ग बेष्ट फिटनेस, सिलिका महर्जनः मष्ट फ्रेन्डली, डिना श्रेष्ठ मष्ट कन्जेनीयिलिटी, रुजु ढकाल मष्ट डिसिप्लेन्ड, पलिस्था महर्जन बेष्ट फिजिक, कृषा बस्नेत फेसन आईकन अवार्ड, खुसी गुरुङ्ग मष्ट एक्टीभ, इषा पुर्जा मगर मष्ट कन्फिडेन्ट र डिना श्रेष्ठ मेनेजमेन्ट च्वाईस अवार्डको विजेता घोषित भए ।
उता किशोर किशोरीबिचको प्रतिस्पर्धामा सञ्जीव महर्जन विजेताका साथमा मिस्टर हेन्डसम, मिस्टर ट्यालेन्ट र मस्ट फोटोजेनिक, रबिन क्षेत्री फष्ट रनर्सअपका साथ मिस्टर क्याटवाक र बेष्ट सिङगर चुनिए । यो प्रतियोगिताको किशोरीतर्पmको स्पर्धामा बिसुम तामाङ्ग विजेताका साथमा मष्ट पपुलर, भरोसा भट्टराई फष्ट रनर्सअपका साथ मष्ट फोटाजेनिक, युना आर्याल सेकेन्ड रनर्सअपका साथ बेष्ट स्कीन, तमन्ना केसी थर्ड रनर्सअपका साथ मिस ट्यालेन्ट श्रेया तामाङ फोर्थ रनर्सअपका साथमा मिस क्याटवाक भएका छन्। किशोरीहरुतर्पm नै श्रद्धा चेम्जुङ्ग बेष्ट हेयर, कृतिका कर्मचार्य बेष्ट पर्सनालिटी र मिस ब्युटीफुल, लक्ष्मी घले मष्ट चार्मीङ, सायरा तामाङ बेष्ट फिट्नेस, मेलिना मोक्तान मष्ट फ्रेन्डली र सबिया कटुवाल मिस कनजेनीयालिटी चुनिएका छन् ।
कोरियोग्राफर अश्वीनी झाको कोरियोग्राफीमा सम्पन्न यी प्रतियोगिताको निर्णायकहरुमा मोडल तथा अभिनेत्री क्षीतीजा शाक्य, मोडल रश्मी तामाङ, प्याब्सनकी उपाध्यक्ष दीपीका रिमाल थापा, सञ्चारकर्मीद्धय सुमित जंग राणा र सरोज प्याकुरेल रहेका थिए ।