सांस्कृतिक तथा पर्यटकीय हिसावले घान्द्रुक, छुम्रुङ गाउँ जति परिचित छ त्यतीनै गीतसंगीतमा पनि परिचित छ । त्यहाँ गाइने सालैजो भाका नेपाली सांगीतिक क्षेत्रमा प्रख्यात भाकाको रुपमा चिनिन्छ । हुनतः सालैजो नसुन्ने बिरलै कोही होलान् । पर्यटकहरु पनि प्राकृतिक सुन्दरताको अवलोकन गर्नका साथसाथै सांस्कृतिक अनि सालैजो भाकाको आनन्द लिनलाई त्यहाँ पुग्ने गर्छन् । थुप्रै सालैजो गीतहरुले नेपाली सांगीतिक बजारमा पनि आफ्नो राम्रो छाप जमाउन सफल भएका छन् । यसी गरि गायक विमल परिवारले पनि उत्कृष्ट सालैजो भाका पस्किने क्रममा एउटा नयाँ सालैजो गीत बजारमा ल्याएका छन् । ‘छुम्रुङ गाउँकी नानी’ बोल रहेको उक्त गीतलाई विमलले बेज्र मेशो फिल्मस्को प्रस्तुततिमा युटुब च्यानलमार्फत ल्याएका हुन् । उक्त गीतमा गायक विमललाई गायिका सञ्जु न्यौपानेले स्वरमा साथ दिएकी छिन् । प्रकाश सपुतको शब्द रहेको उक्त गीतमा संगीत भने स्वयम् विमलकै रहेको छ ।
उक्त गीतको मयूजिक भिडियोलाई निर्देशन पनि स्वयम् विमललेनै गरेका हुन् । गीतको मयूजिक भिडियामा विमल, सञ्जु, अप्सरा, हिमाल, इन्द्र, जनम, सपना, राजु, अनु, गमबहादुर, सरिता आदिको अभिनय रहेको छ । भिडियोलाई नविन विकले इडिट गरेका हुन् भने शम्भु चालिसेले छायांकन गरेका हुन् । भिडियोमा विमलले घान्द्रुक, छुम्रुङ लगायत आसपास क्षेत्रका मनमोहक दृश्य उतारेका छन् ।