साम्सोङको एकल साँझ

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७०, बुधबार

काठमाडौं, २१ फागुन । डेढ दर्जनभन्दा बढी गीतहरु गाइसकेका श्याम साम्सोङ राईले अब भने एकल साँझ गर्ने भएका छन् । आगामी फागुन २४ गते राष्ट्रिय नाचघर जमलमा हुन लागेको उनको एकल साँझमा उनीद्वारा चर्चित गीतहरु प्रस्तुत हुनेछन् । मुर्चुङगामा रोएँ म, सारंगीमा रेटिए, खोजी हिडें आफैंलाई आँशुभित्र भेटिएँ बोलको गीतबाट निकै चर्चा बटुलेका साम्सोङ राईले एकल साँझका माध्यमले आफ्नो कलाकारितालाई प्रस्तुत गर्न लागेका हुन् । उक्त साँझमा उनीद्वारा निर्देशित ‘पिखुवा’ वृत्तचित्र समेत प्रदर्शन गरिने भएको छ ।
भारतीय राजदूताबासको छात्रबृत्तिबाट एमक्युज गरिसकेका साम्सोङले आधुनिक, रक, पप,  लोकगीत आदि सबै खालका गीत गाइसकेका छन् । एक दशकदेखि साागीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका सामसोङलाई क्रेमेटिक व्याण्डले उनलाई साथ दिने भइको छ । ई एण्ड डब्लु म्युजिक प्रा.लि.ले  आयोजना गरेको उक्त एकल साँझमा उनले डेढ दर्जन गीत पस्नेछन् ।

shyam samsong

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु