• बुबा ! के म नाजायज छोरी हुँ ?

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

सुचित्रा लामिछाने

के बाबुको कर्तव्य आमालाई गर्भवती बनाउने मात्र हो रु सन्तानको हेरचाह, लालनपालन र शिक्षादीक्षा बाबुले गर्नु पर्दैन ? म जन्मनु अघि मेरो बुबाका पाँच छोरी थिए । पाँच छोरी जन्मिएपछि छोरो खोज्दै मेरो बुबाले कान्छी श्रीमतीको रुपमा मेरी आमालाई विवाहगर्नुभयो । २०४६ साल असार १३ गते मेरी आमा मैयाँ तिमल्सिना (लामिछाने) र गायक बुद्धिकृष्ण लामिछानेको वैदिक विधिअनुसार विवाहभयो । विवाह गरेको नौ महिनामै मेरो जन्मभयो ।
जब यो पृथ्वीमा म जन्मिए तब तब बुबाले आमालाई छोडिदिनुभयो । म छोरोको रुपमा जन्मिएको भए आमाले बुबाको माया पाउनु हुने थियो रु मैले पनि बाल्यकालदेखि नै बुबाको न्यानो काखमा बस्न पाउने थिए रु तर जब म आमाको साँगुरो पेटबाट ठूलो पृथ्वीमा झरे तब मेरो बुबाले मेरो लिंग हेरेर आमा र मलाई बिर्सनुभयो ।

बुबाले मेरो लिंग हेरेर अनुहार नहेरेपछि मलाई बचाउने संघर्षमा मेरी आमा सुत्केरी अवस्थादेखि नै जुट्नुभयो । सुत्केरी भएको १२ दिनमै मेरी आमाले बालुवा चालेर मलाई बचाउनुभयो ।

मेरो बुबा कसैले नचिनेको व्यक्ति हुनुहुन्न । धेरैले सम्मान गर्ने गायक बुद्धिकृष्ण लामिछानेले मेरी आमालाई विवाह गरेको कुरा उनको परिवारलाई पनि थाहा रहेनछ । बुबाकी पहिलो श्रीमतीलाई समेत यो कुरा थाहा भएन । बुद्धिकृष्णले मेरी आमालाई विवाह गर्दा आफू अविवाहित भएको बताएको आमा सम्झन्नुहुन्छ ।

आमा भन्नुहुन्छ, ‘म अविवाहित हो भनेर मलाई विवाह गर्नुभएको थियो । मेरो आमाबुबाले वैदिक विधिअनुसार मेरो विवाह गुहेश्वरी मन्दिरमा गरिदिनुभएको हो ।’

विवाहको एक वर्षसम्म मेरी आमालाई झुक्याएर विवाह गरेको कुरा थाहा भएन । जब मेरो जन्मभयो अनि बाबाले मेरो अनुहारसम्म हेर्नुभएन अनि मात्र मेरी आमालाई शंका लाग्यो । श्रीमानको व्यवहार शंकालु बन्दै गएपछि आमाले बुबाका हरेक क्रियाकलापलाई नजिकबाट नियाल्न थाल्नुभयो । बुबा जहाजहाँ जानुहुन्थ्यो आमा पनि त्यही जान थाल्नुभयो ।
म एक वर्षकी हुँदा आमाले बुबाको पहिलो श्रीमती र पाँच जना छोरीहरु भएको ठाउँ पत्ता लगाउनुभयो । मलाई काखी च्यापेर आमा भक्तपुर बागेश्वरी – ३ पुग्नुभयो । त्यहाँ बुबा पहिलो श्रीमती र पाँच छोरीका साथ बस्नुभएको थियो ।

buddhikrishna

पहिलो श्रीमती र छोरीका साथ बुबा बसेको घरमा मेरी आमा पुगेका देख्नासाथ त्यो घरमा नपस्न आमालाई बुबाले दबाब दिनुभयो । त्यो दिन सम्झिदै आमा भन्नुहुन्छ, ‘खरीपाटीसम्म गाडी चल्थ्यो । खरीपाटीबाट तिमीलाई काखी च्यापेर एक घन्टा सोध्दै खोज्दै तिम्रो बुबाको घरमा पुगेँ । घरमा पुग्नासाथ अचम्म मान्दै जाऊ जाऊ भन्नुभयो ।’

बुबाले धपाउन खोजे पनि ममीले सौता नहेरीकन त्यो घर नछोड्ने अठोट लिनुभयो । भनाभन झगडाका बीच १० दिन मेरो ममी त्यही घरमा बस्नुभयो । त्यत्तिबेला मात्र ममीले बुबाका सबै कर्तुत थाहा पाउनुभयो ।

अनि बुबाकै दिदीले आफ्नो भाइको विवाह भएको छैन भनेर विवाह गर्न बाध्य गराएको झुट समेत आमाले पत्ता लगाउनुभयो ।

मेरी आमालाई गायक बुद्धिकृष्णले छोरा पाउनका निम्ति झुट बोलेर विवाह गरेका रहेछन् । म छोरीकै रुपमा जन्मिएपछि मेरी ममीले बुबाको माया कहिल्यै पाउनु भएन । आज टेलिभिजन र रेडियोमा बज्न बुबाका अन्तर्वार्तामा मेरो नाम अटाउँदैन । पत्रपत्रिका र अनलाइनमा छापिएका सामाग्रीमा बुबाको सन्तानको रुपमा मेरो नाम निसाना हुँदैन । मेरी ठूली आमाका सबै सन्तान अटाउछन् तर मेरी आमा र मेरो नाम अटाउदैन ।

म छोरीको रुपमा जन्मिएपछि मेरो बुबाले आमा र मलाई अछुत बनाउनुभयो । ठूलो ममीततर्फ म जन्मिएको डेढ वर्षपछि भाइ सुवेदको जन्मभयो । त्यसपछि फेरी अर्को भाइ सचेतको जन्मभयो । मेरो जन्मछोरीका रुपमा भएपछि ममी र म बुबाको दृष्टिमा सधैँ घृणितभयौँ । बुबाले मेरो जन्मका लागि ढाटेर ममीसँग विवाह गर्नुभयो । ममीलाई कहिल्यै घरमा नपुर्याइकन बाहिर बाहिरै राखेर गर्भवती बनाउनु भयो । त्यही गर्भबाट मेरो जन्मभयो । तर आज मेरो बुबा ममीलाई श्रीमती र मलाई छोरीको रुपमा स्वीकार गर्नुहुन्न । म सहित मेरो बुबाका आठ सन्तान हुन् । तर आज मेरो बुबा सात सन्तानको बाबु हुँ भनेर सरासर झुट बोल्नुहुन्छ ।

भर्खरै मात्र एबीसी टेलिभिजनको संगीतिक कार्यक्रम इन्द्रेणीमा कृष्ण कर्णेल सँगको कुराकानीमा मेरो बुबाले आफ्ना सातजना मात्र सन्तान भएको बताउनु भएको छ ।

त्यस्तै, कान्तिपुर आजमा समेत मेरो बुबाले म सात सन्तानको बाबु हुँ भन्नु भएको छ । यी प्रतिनिधि अन्तर्वार्तामात्र हुन् । बुबा गायकको रुपमा जहाँ जहाँ अन्तर्वार्ता दिनुहुन्छ त्यहाँ पारिवारिक प्रसंग आउनासाथ ममी र मलाई सधैँ छुटाउनुहुन्छ ।
मेरो बाबाले मलाई होइन मेरी आमालाई अन्याय गरिराख्नु भएको छ । आमा माथि भएको अन्यायको चेपुवामा म छु । किनकी म सधै आमाको काखमा छु । बुबा मलाई तपाईलाई प्रश्न सोध्न मन लागेको छ, मेरी आमाले तिम्रो बुबा बुद्धिकृष्ण नै हुन भनेपछि म थप वैधानिकता खोज्न कहाँ जाऊँ ?

बुबा तपाईंले म जन्मिएपछि मेरो अनुहारसम्म हेर्नु भएन । एक छाक खुवाउनु भएन । एक पल हेरचाह गर्नुभएन । मेरी आमाको संघर्षले म बाँचे । आमाले दुःख गरेर एक सरो लाउन दिनुभयो । साँझ बिहान खुवाउनुभयो । अक्षर चिनाउनुभयो । म अबोध हुँदा आमाका पीडा केही बुझिन तर आज म आमाको पीडा बुझ्ने भएकी छु ।

मेरी आमाले संघर्ष गरेर मलाई अक्षर चिनाउनुभयो । मलाई लाउन, खान र पढाउनका लागि आमाले मजदुरी गर्ने क्रममा चिप घोट्दा हात प्वाल पथ्र्यो, पस्विना बुन्दा हात खुट्टा दुखेर रातभरी सुत्न सक्नुहुन्नथ्यो । यसरी संघर्ष गरेर मलाई बोर्डिङ स्कुल पढाउनुभयो । आज नर्सिङसम्म पढाउनुभयो । अझैसम्म म आफ्ना खुट्टामा आफैँ उभिन सक्ने भएकी छैन ।

पढाइसँगै आफ्नो खुट्टामा आफैँ उभिने प्रयास गरिराखेकी छु । यो प्रयाससँगै मैले मेरी आमालाई न्याय दिनुछ । अनि साथ साथै मैले पनि न्याय पाउनु छ । सुरुमा बाच्न संघर्ष गर्नुपर्‍यो । बाँचेपछि लाउन संघर्षपर्‍यो । अनि बस्न संघर्ष गर्नुपर्‍यो । पछि पढ्न संघर्ष गर्नुपर्‍यो । अब भने वैधानिक छोरी बन्ने संघर्षमा छु । बुबा, यो संघर्षको अन्तिम लडाईँ के अब म आधुनिक चिकित्सकीय पद्धति ‘डिएनए’ परिक्षण गरेर गरौँ ?

बुबा, मैले किन ‘डिएनए’ परिक्षण गर्नु पर्छ र रु मेरो जन्मदर्तामा तपाईंको नाम छ । प्रत्येक कक्षा उर्तिण भएका प्रमाणपत्रमा तपाईंको नाम छ । सँगै मेरो नागरिकतामा समेत तपाईंकै नाम छ । साँचै भन्दा तपाईंको भित्री मनमा पनि मेरो नाम छ तर बाहिर बोल्दा किन मलाई बिर्सने कोसिस गर्नुहुन्छ ?
बुबा तपाईंजस्तो समाजको एक प्रतिष्ठित गायकले मेरा केही प्रश्नको जवाफ दिनै पर्छ । के बाबुको कर्तव्य आमालाई गर्भवती बनाउने मात्र हो रु सान्तान जन्मिएपछि सन्तानको हेरचाह, लालपालन र शिक्षादीक्षा बाबुले गर्नु पर्दैन रु अनि बुबा तपाईं अझै मेरो अनुहार हेर्न चाहनु हुन्न तर मलाई एक पटक भेटेरै सोध्न मन लागेको छ के म नाजायज छोरी हुँ ?

प्रस्तुतिः लुईंटेल दिनेश

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु