पूर्वमा चलचित्र ‘चि मुसी चि’को भव्य कन्सर्ट !

    [likebtn]

    धरान। चलचित्र प्रचारको लागि देश दौडाहामा निस्किएको ‘चि मुसी चि’ टीमले पूर्वी नेपालको विर्तामोड र धरान शहरमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । कन्सर्टमा हजारौँको संख्यामा दर्शकको उपस्थिती थियो ।

    ‘डान्स इन्डिया डान्स सिजन ४’बाट वाहवाहि बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागि अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । ‘चि मुसी चि’का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले भव्य नृत्य प्रस्तुत गरेका थिए । गायिका पाण्डेले चलचित्रको शिर्ष गीत गाउँदा दर्शकले अत्याधिक मनोरञ्जन लिएका थिए ।

    प्रमोशनल कन्सर्ट हेर्न आएका दर्शकले चलचित्र प्रचारको स्टेजमा यति राम्रो प्रस्तुती पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिए । ‘चि मुसी चि’ चलचित्रका कलाकारहरु सबै उत्कृष्ट डान्सर समेत भएकोले पनि स्टेज भव्य देखिएको प्रतिक्रिया दर्शकको थियो ।

    चलचित्र टीमले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।

    यो चलचित्र श्रावण ११ गते देशैभर रिलीज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

    सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार