पहिलोपटक कलाकारहरुबिच हाजिरी-जवाफ प्रतियोगिता हुँदै !

म्यूजिक खबर
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार

असोज १७, काठमाडौं । “हाम्रो पहिलो पटक र फरक प्रयास, लोक दोहोरीमा नयाँ अभ्यास” भन्ने मुल नारा सहित नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसरमा शुभकामना आदान प्रदान सहित लोक सङ्गीत बिशेष रास्ट्रीय हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम २०७५, रास्ट्रीय नाच घर जमल, काठमाडौमा यहि असोज १८ गते सम्पन्न हुने भएको छ । यस कार्यक्रममा धेरै कलाकारहरुले भाग लिने भएका छन् ।

रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय, अनामनगर समितीद्वारा आयोजित यस कार्यक्रम बिहान ठिक ११ बजेबाट औपचारिक कार्यक्रम सुरु हुने र त्यस पछि मात्र कलाकारहरु बिच हाजिरी जवाफ प्रतियोगिता सुरु हुने कुरा सोहि समितिका सचिब राजेश बर्देवाले जानकारि गराए । यो कार्यक्रम अन्य भन्दा बिल्कुलै फरक कार्यक्रम पनि हो ।

काठमाडौमा कलाकारहरु बिच पहिलो पटक हाजिरी जवाफ कार्यक्रम हुँदै छ । लोक दोहोरि क्षेत्रमा यस नयाँ अनि पृथक अभ्यासमा सबैले साथ, समर्थन, सहयोग गर्न सोही समितिका अध्यक्ष खेम सेन्चुरीले अनुरोध गर्नुका साथै भाग लिन पनि अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु