‘जे पनि हुन सक्छ मायामा’ भन्दै टिका र राजेश ! भिडियोमा हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७५, आईतवार

काठमाडौं । युवा गायक राजेश के सी र चर्चित गायिका टिका प्रसाइको स्वरमा रहेको ‘जे पनि हुन सक्छ मायामा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राज प्रताप के सी को शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

भिडियोमा चर्चित जोडी पल शाह रआँचल शर्माले अभिनय रहेको छ गम्भीर बिस्टको कोरियोग्राफी उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको ‘जे पनि हुन सक्छ मायामा’ को भिडियोलाई पछिल्लो समयका ब्यस्त भिडियो निर्देशक बिकाश सुबेदीले निर्देशन गरेका हुन भने भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । लामो समय देखि अस्ट्रेलियाको सिड्नी बस्दै आउनु भएका गायक राजेश के सीको करिब १ दर्जन गीतहरु आइसकेका छन ।

भिडियो हेर्नुहोस् !

यो पनि पढ्नुहोस्-

http://musickhabar.com/%E0%A4%AC%E0%A4%BE%E0%A4%A6%E0%A4%B2-%E0%A4%AE%E0%A4%BF%E0%A4%A8%E0%A4%BE-%E0%A4%B0-%E0%A4%97%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%AA/

काठमाडौं । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त रहँदै आएका गीतकार र संगीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसरमा पृथक शैलीको रोमाण्टिक गीत ‘झुम झुम’ बजारमा ल्याएका छन् ।

म्युजिक खबर पत्रिकाको कार्यलयमा आफ्नो जन्मदिन मनाउने क्रममा संगीतकार लक्ष्मण शेष , दीपक शर्मा , पत्रकार एवं गीतकार सुमन पण्डित लगाएतले उनको गीतको अडियो सार्वजनिक गरेका हुन् ।

टिपिकल नेपाली शब्दहरू प्रयोग गरेर लोक मेलोडीमा तयार पारिएको गीतमा गायिका मिना निरौला , गायक गोपाल ज्ञवाली र बादल घिमिरेको स्वर सुन्न सकिन्छ । बादल घिमिरेको शब्द र संगीत रहेको गीत ‘झुम झुम’ लाई शाहस शाक्यको एरेन्ज रहेको छ ।

नेपाली सुगम संगीतमा काम गर्दै आएका बादल घिमिरेको अन्य लोकप्रिय गीतहरू बजारमा आइसकेका छन् ।

यो पनि पढ्नुहोस्-

http://musickhabar.com/cd-bijaya-adhikari/

भ्वाइस अफ नेपालका प्रतिस्पधी तथा गायक सिडि विजय अधिकारीको आवाजमा रहेको “ साथ दिने ” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।
मनी भटटराईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । बासु न्यौपानेको छायाँकन , अमृत चापागाँईँको सम्पादन , आयुष क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । “ साथ दिने” गीतको भिडियोमा समिर खान , सुजता भट्, महेश श्रेष्ठको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्-

चर्चित मोडल आशा खड्का कोठीमा किन पुगिन त ? हेर्नुहोस भिडियो सहित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु