• अधिकारीलाई लाइफटाइम, अन्जुलाई संगीत रत्न र लम्साललाई संगीत पत्रकारिता पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: १ मंसिर २०७१, सोमबार

    काठमाडौं । नजिकिँदै गरेको विन्दवासिनी म्यूजिक अवार्डको अवसर पारेर वरिष्ठ गीतकार दिनेशहरि अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिने भएको छ । साथै अवार्डको अवसरमा गायिका अन्जु पन्तलाई संगीत रत्न सम्मान र पत्रकार नवराज लम्साललाई संगीत पत्रकारिता पुरस्कारबाट सम्मानित गरिन लागिएको छ । आगामी मंसीर २६ गते राजधानीको आर्मी अफिसर्स क्लबमा सम्पन्न हुन लागेको अवार्डमा स्रष्टाहरुलाई सम्मान गर्न लागिएको हो ।
    विन्ध्यबासिनी म्यूजिक, विन्ध्यवासिनी फाउन्डेसन र विन्ध्यवासिनी म्यूजिक अवार्ड–२०७१ को संयोजक समितिसहितको बैठकको निर्णय अनुसार यस वर्षको सम्मान र पुरस्कारको घोषणा गरिएको हो ।

    anju panta

    विन्ध्यवासिनीले प्रत्येक वर्षको अवार्डमा प्रदान गर्ने ५१ हजार १ सय ५१ रुपैंयाँ सहित ‘विन्ध्यबासिनी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ यो वर्ष वरिष्ठ गीतकार दिनेशहरि अधिकारीलाई प्रदान गर्न लागिको हो । त्यस्तै आधुनिक संगीत र पाश्र्व गायनमा अब्बल गायिकाको रुपमा स्थापित गायिका अञ्जु पन्तलाई १५ हजार ५ सय १५ रुपैंयाँसहितको ‘विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७१’ प्रदान गरिने भएको छ भने र २५ हजार ५ सय २५ रुपैंयाँको ‘विन्ध्यबासिनी गीत संगीत पत्रकारिता सम्मान’ वरिष्ठ रंग पत्रकार नवराज लम्साललाई प्रदान गर्ने विन्ध्यवासिनी फाउन्डेसनका कार्यकारी सदस्य तथा अवार्डका संयोजक सुवास रेग्मीले जानकारी दिएका छन् ।

    nabaraj lamsal

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु