• अन्जु पन्तले पहिलो पटक गाइन् हिन्दी गीत (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७४, मंगलवार

    भाद्र १३, काठमाडौं । नेपालकी चर्चित तथा लोकप्रिय गायिका अञ्जु पन्तले हिन्दी गीत गाएकी छिन् । भारतसँगै नेपालमा पनि निकै चर्चित बनेको ‘तुज से नाराज नहि जीन्दगी’ बोलको गीतलाई अन्जु पन्तले कभर गाएकी हुन् ।

    गीतको कभर भिडियो बनाएर उनले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । युट्युबमा सार्वजनिक गरिए लगतै देखि गीतको प्रतिक्रिया पनि निकै राम्रो आएको छ ।

    राहुल देव बुरमानको संगीत रहेको यो गीतमा गुलजारको शब्द रचना रहेको छ । गीतको ओरिजिनल भर्जनलाई लता मंगेसकरले गाएकी हुन् ।

    अञ्जु पन्तको स्वरमा रहेको कभर गीतलाई धेरैले एकदमै राम्रो प्रतिक्रिया दिएका छन् भने कतिले त ओरिजिनल भन्दा पनि राम्रो गाएको भनी तारिफ समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु