• अन्जु र पूर्णको प्रेरणादायी भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २ आश्विन २०७४, सोमबार

    असोज २, काठमाडौं । समाजसेवामा समेत सक्रिय रहेका गायक पूर्ण लिम्बु तथा गायिका अन्जु पन्तको स्वरको सुगम संगीतमा आधारित एउटा कारुणीक गीत ‘यी आ“खाले’ को प्रेरणादायी म्युजिक भिडियो काठमाडौंमा सार्वजनिक भएको छ ।

    चलचित्र निर्देशक मिलन चाम्सद्वारा निर्देशन गरिएको उक्त भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा गायक लिम्बुसंगै अपाङ्गता भएका महिला तथा पुरुषहरुले अभिनय गरेका छन् । शारीरिक रुपमा असक्तहरुलाई समेटेर समाजसेवी समेत रहेका गायक लिम्बुले यो गीतको भिडियो तयार पार्ने योजना बनाएपछि निर्देशक चाम्सले यसलाई गीतको भावनामा ढालेका हुन् ।

    काठमाडौंमा आयोजित विमोचन समारोहमा गायक लिम्बुले समाजमा अवसरको खोजिमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सपाङ व्यक्तिले माया, ममता तथा अवसर दिनु पर्ने धारणा व्यक्त गरे । निर्देशक चाम्सले गायक लिम्बुको गायन प्रतिभा तथा समाजसेवी छविको प्रसंसा गरे । कलाकार तथा वरिष्ठ विमान चालक विजय लामाले पनि सार्वजनिक भिडियोले सम्पूर्ण नेपालीको भावना उजागर गरेको धारणा व्यक्त गरे । उक्त गीत गायक लिम्बुको एकल एल्बम ‘फरक मान्छे’ मा समावेश गरिएको छ ।

    गायक लिम्बुका सांगीतिक गुरु प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीतमा उक्त गीत तयार भएको हो । वरिष्ठ संगीतकार शिलाबहादुर मोक्ताले उक्त गीतमा संगीत संयोजन गर्नु भएको छ ।

     

    नवराज कृष्ण थापाद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादन पनि निर्देश्ँक चाम्सले नै गरेका हुन् ।

    यस्तो छ यी आँखाले गीतको म्युजिक भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु