• अन्तर्राष्ट्रिय बजारमा झुठो रैछ तिम्रो माया

    म्यूजिक खबर
    प्रकाशित: २० असार २०७१, शुक्रबार

    काठमाडौं, २० असार । गीतकार कस्तुप पन्त यतिबेला युवापुस्ताका चर्चित संगीतकार रुपमा पनि परिचित भइरहेका छन् । उनका प्रायजसो गीतहरुले पछिल्लो समयमा निकै चर्चा पाउने गरेका छन् । देश तथा विदेशमा रहेका नेपालीहरुमाझ छाउनेका गरेका कस्तुपले सबैलाई फरक फरक स्वाद पस्किँदै आएका छन् ।
    झुठो रैछ यो संसार झुठो रैछ तिम्रो माया
    बाँचुन्जेल साथ दिने केवल रैछ आफ्नै छायाँ
    क्षेत्रीय प्रशासक शंकर कोइरालाको शब्दमा तयार भएको यो गीत यतिखेर नेपालमा मात्र नभएर मलेसिया, दुबई कतारमा रहेका नेपालीहरु माझ पनि उत्तिकै लोकप्रिय बन्न सफल भएको छ । माया पिरतीको कुरामा केन्द्रित रहे पनि जीवनलाई यथार्थपरक रुपमा ढाल्न सफल भएका शंकर कोइरालाले सबैका जीवनसँग यस गीत मेल खान हिसाबमा लेख्न सफल भएका छन् । मलेसियाको बजारमा  digi 1607672 रिङब्याक टोन अहिले सफलतापूर्वक डाउनलोड भइरहेको अवस्थामा यस गीतले सबै नेपालीको जीवनलाई यथार्थपरक रुपमा समेटेकोको छ ।  यस गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । युवा पुस्तामा चर्चाको शिखरमा रहेका संगीतकार एवं गीतका कस्तुप पन्तको संगीतमा तयार भएको झुठो रैछ तिम्रो माया जसरी सफल भइरहेको छ त्यसरी नै उनका मिठो कुरा फोनमा गर पनि अन्तर्राष्ट्रिय बजारमा सर्वाधि क चर्चा कमाउन सफल भएको छ । मिठोको कुरा फोनमा कुरा गरको digi 1601504 यतिबेला सर्वाधिक डाउनलोड हुन सफल भएको गीतका रुपमा लिइएको छ ।

    [youtube]http://www.youtube.com/watch?v=hFjWu8f1EWA&sns=fb[/youtube]

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु