• अन्श्री भइन् ‘बागमती लिटिल स्टार’

    म्यूजिक खबर
    प्रकाशित: २४ जेष्ठ २०७३, सोमबार

    काठमाडौं । ‘बागमती लिटिल स्टार–२०१६’ को ताज अन्श्री बरालले चुमेकी छन् । काठमाडौं मातातिर्थकी ८ वर्षीया अन्श्री आफ्ना १४ स्पर्धीलाई उछिन्दै यस वर्षकी ‘बागमती लिटिल स्टार’ बन्न सफल भएकी हुन् । अन्श्रीले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पाइन् । साथै, उनलाई ललितपुरको मिलनचोकस्थित तेह्रथुमे ढाका शपले १० हजार रुपैयाँ बराबरको गाउन उपलब्ध गराउने भएको छ ।

    bagmati_2
    राजधानीमा शनिबार आयोजित प्रतियोगिताको यस दोस्रो संस्करणमा क्रमशः दिया श्रेष्ठ र रितिज श्रेष्ठ फस्ट रनरअप र सेकेण्ड रनरअप भए । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर पाए । द श्रीराज इन्टरटेनमेन्टद्वारा आयोजना र सुनिल राजभण्डारीको इभेन्ट संयोजनमा आयोजित प्रतियोगितामा विभिन्न सव–टाइटल पनि प्रदान गरिएको थियो । ६ देखि १२ वर्ष उमेरका १५ जना बालबालिका अन्तिम स्पर्धामा सहभागी थिए ।

    bagmati_4
    बालबालिका केन्द्रीत यस सौन्दर्यको निर्णायकमा बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, ब्युटिसियन संगीता लामा, मोडल तथा अभिनेता सुरज श्रेष्ठ, निर्देशक सुरज चन्द र शिक्षाविद् भोजराज शाही थिए । प्रतियोगिताको कोरियोग्राफी विपना थापाले गरेकी थिइन् ।

    bagmati_1
    साहित्यकार तथा रंगकर्मी ओममणि शर्माको आतिथ्यमा सम्पन्न गायक रुकमान लिम्बूले गीत गाएर उपस्थित दर्शक तथा बालबालिकालाई मनोरञ्जन प्रदान गरेका थिए । रुकमान हाक्पारे ख्याली पालम गाउँदा दर्शकले नाचेर साथ दिएका थिए । कार्यक्रमको सञ्चालन डिनेश डिसीले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु