• असफल प्रेमकथामा ‘जीवन भरी’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ९ जेष्ठ २०७४, मंगलवार

    Jeeban bhari- Sheetal acharya

    जेठ ९, काठमाडौं ।  आर एस फिल्मसको प्रस्तुतीमा गीतकार क्षितिजको शब्द रहेको ‘जीवन भरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीत भने सन्तोष श्रेष्ठले भरेका छन् । गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

     

    गीतमा एक युवक जो बोल्न सक्दैन तरपनी उ आफूलाई भाग्यमानी ठान्छन् । आफुले काम गर्दै गरेको ठाउमा एक विदेशी युवतीसँग उस्को भेट हुन्छ र त्यस युवकलाई पहिले भटमै ति विदेशी युवतीले मायाको दृष्टिले हेर्न थालछिन् र उनिहरुको भेट सधैंजसो हुन थाल्छ ।

     

    भिडियोमा यस्तै कथा बुनिएको छ । जसलाई आरसि कोइरालाले पारीकल्पना गरेका हुन् ।  भिडियालाईे निर्देशक बिकास घले गुरुङले निर्देशन गरेका हुन् । जसमा बबिन दुलालले छायांकन रहेको छ भने, शोहन मानन्धरको सम्पादन रहेकाचे छ ।

     

    मोडेल तथा कलाकार मिराज कोइरालाको मुख्य भूमिका रहेको यस भिडियोमा मोडेल तथा कलाकार सीतल आचार्यको साथमा बाङ्लादेशकी चर्चित मोडेल अन्नन्य चौधरी पहिले पटक नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु