माघ २६, काठमाण्डौ । गीतकार देवेन गिरी पछिल्लो समय बढ्दै आएको आत्महत्याको प्रयासलाई रोक्नुपर्छ भन्नेमा दृढ छन् । हरपल मर्नुभन्दा त एकैपलमा मर्न मन लाग्न सक्छ, त्यही पललाई केहीबेर त सहेर हेर फेरी बाँच्ने इच्छा जाग्न सक्छ, गीतकार देवेन गिरीले आत्महत्या गर्नेहरुलाई सन्देश दिने उद्देश्यले यो गीतको निर्माण गरेका छन् । गिरीले गीतबाट नै भनेका छन्ः आत्महत्याबाट मर्नेहरुलाई एक छिन धैर्य भएर हेर्दा बाँच्ने रहर पनि जाग्ने कुरा गीत मार्फत् प्रष्ट पारेका छन् । मानिस भन्ने गर्छन् पल पल मरिरहेको छु, म मर्छु तर एक पल सोच्दा त्यही मान्छे बाँच्न सक्ने हुन सक्छ ।
हरि लम्सालको संगीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यले स्वर दिएको यो गीत सुनेर मर्न मन गरिरहेकाहरु एकचोटी पुनः जीवन जीउने चाहनामा फर्कन सक्ने देखिन्छ । पछिल्लो समय संचारमाध्यममा यो गीतले आफ्नो वर्चश्व पाउने आशा लिइएको छ । आत्महत्या गर्दैमा समस्याको समाधान हुँदैन, यो क्रम रोकिनु पर्छ भन्नेमा गीतकार गिरीका शब्दहरु कोरिएका छन् ।
गीत सुन्न तलको फोटोमा क्लिक गर्नुहोला