• आलाप स्टुडियोको दशैं तिहार योजना

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७४, शुक्रबार

    ९ भाद्र २०७४, काठमाडौं । काठमाडौंको अनामनगरस्थित चोकमा रहेको आलाप रेकर्डिङ स्टुडियोले दशैं तिहारको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै स्टुडियोले दशैं तिहारको अवसरमा विशेष छुटको व्यवस्थासहित रेकर्डिङ कार्य गर्ने भएको छ ।


    स्टुडियोले आजबाट सुरु हुने गरी कार्तिक ९ गतेसम्मका लागि स्टुडियोमा गीत रेकर्ड गर्न आउने ग्राहकलाई २० प्रतिशत रकम छुट दिएको छ । योभन्दा पहिला प्याकेजमा २१००० मा काम गरिरहेको स्टुडियोले अब भने १७००० मा काम गर्ने भएको छ । त्यस्तै स्टुडियो चार्ज योभन्दा पहिला ८००० लिँदै आएको भए पनि अब दुई महिनाका लागि ६४०० मात्र लिने आलाप रेकर्डिङ स्टुडियोका संचालक झलक संगीतमले म्यूजिकखबरलाई जानकारी दिए । गीतकार, गायक, गायिका, संगीतकार लगायत सम्पूर्ण संगीतकर्मीहरुको लागि दशैं खर्चमा टेवा पुगोस् भन्ने उद्देश्यले यो योजना ल्याएको संगीतमले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु