
आशुतोषको बनिन् एलिसा
गायक सुभाष ढुंगानाको ब्ल्याक ब्युटी गीत सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियोमा रोहन नेपाली र एलिसा शर्माको अभिनय देख्न सकिन्छ । गीतलाई रामगोपाल आशुतोषले लेखेका हुन् भने संगीत हरी लम्सालको छ ।
रोहन र एलिसालाई क्रेजी सर्कलले साथ दिएका छन् । गीतको छाँयाकन पोखराको सेरोफेरोमा गरिएको हो । गीतलाई रोहन नेपालीलेनै निर्देशन गरेका हुन् । सुभाष ढुंगानाको आफ्नै अफिसियल युट्युबबाट बाहिर आएको म्युजिक भिडियोको छाँयाकन मिलन शंकरले गरेका हुन् भने सम्पादन नेत्र गुरुङको रहेको छ ।