• ‘इमेज अवार्ड’को उत्कृष्ट ५ सार्वजनिक (सूचीसहित)

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७४, सोमबार

    काठमाडौं, भदौ ११ । विगत दुई दशकदेखि इमेज च्यानलले आयोजना गर्दै आएको ‘इमेज अवार्ड’को १९औं संस्करण यही असोज २७ गते आयोजना हुने भएको छ ।

    नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि गीत–संगीत र साधकहरुलाई उत्साहित बनाउन र संगीत उद्योेगको व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको इमेज च्यानलले जनाएको छ ।

     

    यसका साथै विगतका वर्षहरुमा झैं यस वर्ष पनि गीत, संगीत, रचना, संगीतसंयोजनलगायत म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूह गरी २३ विधाका उत्कृष्ट ५–५ मनोनयन सार्वजनिक गरिएको छ ।

     

    आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वि.सं. २०७३ असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिएको जानकारी गराइएको छ ।

     

    २२ विधाका मनोनयनहरुलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मूल्यांकन गरिएको र सोही ५ मध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञहरुबाट नै लिइने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    विगतमा झैं यसपटक पनि एक विधामा ‘पब्लिक च्वाइस अवार्ड’का लागि एसएमएस भोटिङ खुला गरिएको छ जनाइएको छ । यस विधामा जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही गीतलाई विजेता घोषित गरिनेछ ।

     

    यस्तै, यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गरिने बताइएको छ ।

    मनोनयन सार्वजनिक कार्यक्रममा इमेज च्यानल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले अवार्डका लागि सहयोग गर्ने प्रायोजक टुबोर्ग, निर्णायकमन्डल तथा अरु सम्पूर्ण सम्बन्धित सहयोगीहरुलाई धन्यवाद दिए ।

    १९औं इमेज अवार्ड असोज २७ गते शुक्रबारका दिन सोल्टी होटलमा आयोजना गरिने जानकारी पनि सो अवसरमा गराइयो ।

     

    १. सर्वोत्कृष्ट एल्बम
    आवरण …………………………..रामकृष्ण ढकाल
    क्यानभास ………………………सुरज कुमार थापा
    दर्शन नमस्ते–३………………….राजेश पायल राई
    मितज्यु……………………………..बसन्त मुकारुङ
    वरदान………………………………..त्रिलोक राना

     

    २. सर्वोत्कृष्ट गीत
    साईली…………………………हेमन्त राना
    कतै मिलन…………………निशान भट्टराई
    आज फेरि……………………..अजर जंगम
    बहारमा रमाउने………………..अञ्जु पन्त
    मायाको चिनो…………..ताराप्रकाश लिम्बु

     

    ३. सर्वोत्कृष्ट गीत रचना
    यो जिन्दगीको………………………….नव तिम्सिना
    आज फेरी………………………………विरेन्द्र पाठक
    चिसो सहर………………………..सितल कादम्बिनी
    म रुदाँ……………………………….भगीरथ दाहाल
    मेरो रोदन……………………………….लक्ष्मण राई

     

    ४. सर्वोत्कृष्ट संगीत
    साईली……………………..कालीप्रसाद बास्कोटा
    कतै मिलन………………………….किरण कंडे्रल
    आज फेरी……………………………हरि लम्साल
    म गीत हँु…………………………….कमल खत्री
    भो माया………………………सुरज कुमार थापा

     

    ५.सर्वोत्कृष्ट गायन लोक गीत
    भुई सोरेर……………..तुलसी पराजुली÷सुनिता थेगेम लिम्बु
    आमा…………………………………………….पशुपति शर्मा
    डोकोमा तोरेको…………………..बसन्त थापा÷सिता के.सी.
    शिरफुल माया…………………………खड्ग गर्बुजा र समुह
    ठाडो भाका………………………..पशुपति शर्मा÷रिता थापा

     

    ६. सर्वोत्कृष्ट गायन दोहोरी गीत
    उहि खोली………………………राजन गुरुङ/देवी घर्ती
    अमिलो रसैले………………….रामजी खाँण/भिमु गुरुङ
    आज गाउँमा …………………कृष्ण रेउले/जुनु रिजाल
    नौलो माया………………….यूवराज आचार्य/देवी घर्ती
    राम्रो नि छैन म………………रामजी खाँण/कृष्ण गुरुङ

     

    ७. सर्वोत्कृष्ट लोक गीत संकलन
    डोकोमा तोरेको…………………..प्रल्हाद सुवेदी/बसन्त थापा
    सलल बग्यो गण्डकी…….अम्बर विरही गुरुङ/दुर्गा रायमाझी
    लसमा लस……………डि.पि. खनाल/राजन राज शिवाकोटी
    शिरफुल माया……………………………………खड्ग गर्बुजा
    ठाडो भाका………………………………………पशुपति शर्मा

     

    ८. सर्वोत्कृष्ट दोहोरी गीत
    अमिलो रसैले……………………भिमु गुरुङ
    उही खोलीमा पानी……………राजन गुरुङ
    आज गाउँमा ………………….कृष्ण रेउले
    नौलो माया………………..युवराज आचार्य
    राम्रो नि छैन म………………..कृष्ण गुरुङ

     

    ९. सर्वोत्कृष्ट गायन (पुरुष)

    सताउँ या मताउँ……………..कर्मा ग्याल्जेन बमजन
    शायद प्रस्ताव मै……………………………दिप श्रेष्ठ
    भो माया लाउँदिन………………. सुरज कुमार थापा
    चिसो सहर………………………………..राज सागर
    तिम्रो सुन्दर ………………………सत्य राज आचार्य

     

    १०. सर्वोत्कृष्ट गायन (महिला)
    मन पर्छ………………………..जुना प्रसाई
    के सम्झियौ मलाई…………मिलन अमात्य
    म रुदाँ हाँस्ने……………………अञ्जु पन्त
    तिम्रो माया …………………झुमा निरौला
    मन लाग्छ……………..प्रतिमा राजभण्डारी

     

    ११. सर्वोत्कृष्ट गायन पप (पुरुष)
    साईली………………………..हेमन्त राना
    अईयो रईयो………………..धर्मेन्द्र सेवान
    म हाँसेको हुन्छु …………….सुरेश लामा
    तिम्रो प्रेममा…………..सुरज कुमार थापा
    हाँरें म हाँरें………………….आर्जन पाण्डे

     

    १२. सर्वोत्कृष्ट गायन पप (महिला)
    लठ्ठै बनायो………………मिलन अमात्य
    गलफ्रेण्ड……………………इन्दिरा जोशी
    हिरा मोती …………………..जुना प्रसाँई
    तिम्रो मेरो सम्बन्ध…………सोना अमात्य
    म पग्लन्छु………………आकांक्षा बस्याल

     

    १३. सर्वोत्कृष्ट नव कलाकार
    कतै मिलन……………………..निशान भट्टराई
    चल्दै चल्दैन…………………..पुरुषोत्तम सुवेदी
    बहकिने मन……………………….कुमार गुरुङ
    थाहा छैन………………………………प्रेम सेन
    म हाँसेको हुन्छु……………………सुरेश लामा

     

    १४. सर्वोत्कृष्ट युगल वा समूह गायन
    ती आखाँमा………………….प्रेमध्वज प्रधान÷केञ्जुमा सुब्बा
    जिन्दगी ओराली उकाली………..मारकुश दास÷मेलिना राई
    म गीत हु………………………..कमल खत्री÷सिम्पल खरेल
    मन……………………………………..द मिडनाइट राइड्र्स
    हर मौसम तिम्रो……………….सञ्जना श्रेष्ठ ÷रविन बराल

     

    १५. सर्वोत्कृष्ट चलचित्र गीत
    कुटुमा कुटु…………………………….दुई रुपैंया
    निर जैले रिसाउने……………………पुरानो ढुङ्गा
    ठमेल बजार……………………………..लुट –२
    भन्छु आज………………..म यस्तो गीत गाउँछु
    देख न चम्पा……………………….छक्का पञ्जा

     

    १६. सर्वोत्कृष्ट राष्ट्रिय भावनाले अभिप्रेरित गीत
    सवै आफ्नो……………………………….राजन ठकुरी
    हामी एक हौ………………………………सविन लामा
    हाम्रो नेपाल…………………………………..कर्ण दास
    शुभकामना…………..समूह गायन (हरि शरण सायमी)
    देश बन्ने…………………………………..राज सिक्देल

     

    १७. सर्वोत्कृष्ट संगीत संयोजन
    तस्बिर तिम्रो…………………..गोपाल रसाईली
    ठमेल बजार……………………….रिकेश गुरुङ
    म रुदाँ…………………………रुपम सिंह गुरुङ
    कोही छ की यँहा………………….फणिन्द्र राई
    मनको दाग………………………महाराज थापा

     

    १८. सर्वोत्कृष्ट गीत मुद्रण
    चिसो सहर………………………..चन्द्र चौधरी
    कुटुमा कुटु………………श्याम श्वेत रसाईली
    चल बतास चल………………….किशोर थापा
    चश्मा वाला……………………अशोक महर्जन
    मायाको चिनो ……………………चन्द्र चौधरी

     

    १९. सर्वोत्कृष्ट म्यूजिक भिडियो
    यस्तो को हौ………………………..मनिष बशिष्ठ
    साइली……………………….जि.एच. इन्टरटेन्मेन्ट
    झुल्केको घाम…………………..सेवा इन्टरटेन्मेन्ट
    नजर दामी……………….कपुरी क मोसन पिक्चर
    कसिम………………………………….कमल खत्री

     

    २०. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक
    साईली…………………………..हेमन्त राना
    तिलहरी……………………….निकेश खड्का
    चिसो सहर……………पासाङ योञ्जन लामा
    बोल्न पनि………………जनक दिप पराजुली
    मायाको चिनो………………अर्जुन अधिकारी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु