• एनी र जेम्सको झगडामा शंकरको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०७१, शुक्रबार

    काठमाडौं, २३ साउन । एनी कुँवर र जेम्स बिसीको झगडा बाटोमा भइरहँदा हेर्नेको पनि भीडा लाग्यो । समाजमा नाम कमाउनका लागि मान्छेहरु धेरै परिश्रम गरेका हुन्छन्, इज्जतका लागि आफ्नो जीवनलाई राम्रो बाटोमा मात्र लैजाने काममा मान्छेहरु लागेका हुन्छन् तर यी साथी साथीबीचको झगडा भने बाटोमा भइरहँदा देख्नेलाई के भयो होला ? आखिर यी दुई कलेज पढ्दादेखिकै साथी हुन् । तर पनि एक आपसमा मनमुटाव किन ? यी दुईको झगडामा मौकाको फाइदा उठाउने भने शंकर सिलवाल भएका छन् ।
    बानियाँटार, धापासी हाइट, टोखा, नवोदित कलेजलगायतका ठाउँमा जेम्स बिसी र एनी कुँवरको झगडा एउटा म्यूजिक भिडियोमा भएको हो । गायक प्रमोद खरेलको स्वरमा सजिएको गीत नजलाइदेउ मुटु मेरो बोलको गीतमा एनी कुँवर, जेम्स बिसी, शंकर सिलवाल र ममता धामीले कहिले रोमान्सका दृश्य त कहिले झगडा गरे भने कहिले अतितलाई सम्झाउन बाध्य भएका थिए । गोल्डेन क्रियशनको प्रस्तुतिमा बजारमा आउन लागेको गीतकार सुमन बैरागी र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त प्रस्तुति सम्झना एल्बममा समावेश भएको गीत नलाइदेउ मुटु मेरोको म्यूजिक भिडियो भने भुवन लामाले निर्देशन गरेका हुन् । वीरेन्द्र भट्टको छायाँकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन भने श्याम कुँवरले गरेका हुन् ।

    IMG_0581 IMG_0579 IMG_0573 any kuwar j-a jems-any bhuwan

    najalideu

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु