• एलिसासँग पुष्पको ‘छमछमी’ रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: ३० भाद्र २०७४, शुक्रबार

    काठमाडौं– किरण अधिकारीको स्वरमा रहेको ‘छमछमी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा यतिबेलाका चर्चित मोडलद्वय एलिसा राई र पुष्प खड्काको जोडदार अभिनय रहेको छ । ‘रोमान्टिक’ फ्लेभर रहेको उक्त गीतमा युवा–युवतीले युवा अवस्थामा गर्ने क्रियाकलापको कथालाई सञ्जय बरालले सुन्दर निर्देशन पस्केका छन् ।

    यतिबेलाका चर्चित मोडल अनि व्यस्त र चर्चित निर्देशकको कौशलले सजिएको उक्त गीतको शब्द रचना, संगीत अनि एरेञ्ज भने आशिस राजले गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको उक्त गीतमा बुद्ध थापाको टीमले खिचेका हुन् ।
    ‘छमछमी’ बोलको गीतको म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् । बिहीबार हाइलाइट्स नेपालमार्फत सार्वजनिक भएको यस म्युजिक भिडियो दुई दिनमा नै निकै चर्चित भईसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु