• एलिसा तामाङको ‘तिम्रो सम्झनामा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: २२ आश्विन २०७४, आईतवार

    असोज २२, काठमाडौं । नेपालको पुर्वी भेग झापा जिल्लाकी युवती एलिसा तामाङ नव प्रवेशी गायिका हुन् अनि उनलाई गायनमा डेब्यु गराएका छन् गायक तथा संगीतकार ताराबीर पाण्डेले । पाण्डेकै संगीत अनि मधु न्यौपानेको शब्द रहेको ‘तिम्रो सम्झनामा पागल बन्न मन लाग्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।


    नेपाली गायन आकाशमा राम्रो सम्भावना बोकेको सुरिलो स्वरकी धनी एलिसा तामाङले पहिलो पटक गाए जस्तो भान नहुने यो गीत यतिबेला चर्चामा रहेको छ । सुष्मिता खत्री, चिरन अधिकारी र भावना भुजेल जस्ता कलाकारहरुलाई तिलक रिजालले क्यामरामा कैद गरेको यो भिडियोको निर्देशन ज्ञानेन्द्र कोईरालाले गरेका छन् भने किरन खतिवडाले ड्रोनको अपरेटिङ गरेका छन् । त्यसै गरी उक्त भिडियोलाई तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।

    नेपाली संगीतको तलतलमा आफैं लगानी गरेर संगीत गर्छु भन्दा पनि अवसर नपाएको आफ्नो विगतको तितो अनुभव सुनाउँने गायक तथा संगीतकार ताराबीर पाण्डेले नयाँलाई अवसर चुनौती पूर्ण भए पनि एलिसा तामाङमा राम्रो सम्भावना भएर नै आफूले अवसर दिएको बताउँछन् । आफ्नो माध्यमबाट एउटा राम्रो प्रतिभाको उदय भएकोमा गर्वको अनुभूति भएको बताउँने ताराबीरले आफूले केवल बाटो मात्र देखाई दिएकोले बाँकी आफ्नो यात्रा पुरा गर्ने आत्मविस्वास आफैंमा कायम राख्न एलिसा तामाङलाई सुझाव दिएका छन् ।

    भिडियो हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु