• एसियनखबरले ग-यो एकल साँझका लागि सहयोग

    म्यूजिक खबर
    प्रकाशित: २३ पुष २०७०, मंगलवार

    काठमाडौं, २३ पुस । अनलाईन संचारमाध्यमका रुपमा संचालित रहेको एशियन खबर डटकमले विरही कार्की एकल साँझका लागि सहप्रायोजकका रुपमा सहयोग गरेको छ । चेपाङ बालबालिकाका लागि सहयोगार्थ गर्न लागिएको विरही कार्की एकल साँझका लागि एसियन खबरले सहप्रायोजक बनेर सहयोग गरेको हो । संचार माध्यमले पनि समाजसेवामा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने हेतुले एसियन खबरले विरही कार्की एकल साँझलाई सहयोग उपलब्ध गराएको कुरा एसियन खबरका संचालक झरना कुमार थापाले बताए । हङकङमा रहेर पत्रकारिता गरिरहेका झरना कुमार थापाले विरही कार्की एकल साँझको माध्यमले समाजसेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै एकल साँझ सफल पार्नका लागि हरदम तयार रहेको बताए ।
    birahi karkiविरही कार्की एकल साँझका लागि यसभन्दा अघि नै प्रायोजकका रुपमा भारतमा रही समाजसेवा गरिरहेका विष्णु प्रसाद बराल र लक्ष्मी बरालले सहयोग गरिसकेका छन् । चेपाङ बालबालिकाको सहयोगार्थ गरिन लागेको विरही कार्की एकल साँझ आगामी फागुन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न हुन लागिरहेको छ । एकल साँझलाई सुनखानी म्यूजिकले आयोजना गरेको हो भने शुभकामना मिडिया सोलुशनले इभेन्ट म्यानेजमेन्टको जिम्मा लिएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु