• कलाकार, पत्रकार हुँदै कोमल वली अब राजनीति पथमा

    म्यूजिक खबर
    प्रकाशित: ७ मंसिर २०७३, मंगलवार

    komal-oliकाठमाण्डौ । कोमल वली गीत संगीत होस् वा पत्रकारिताका क्षेत्रमा होस् उनि दुबै क्षेत्रकी सेलिब्रेटी हुन् । जवानी, प्रेम प्रसंग, ग्लामर र गीतसंगीत तथा पत्रकारीतालाई व्यवस्थापन गरेर सँधै चर्चित बन्दै आएकी कोमल वली यतिबेला राजनीति जीवनमा होमिएर थप चर्चित बनेकी छिन् । नेपाली सञ्चार जगत देखि सांगितिक जगतसम्म अत्यन्तै प्रतिष्ठित बनेकी कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् ।

    kamal-thapa

    कमल थापा कोमल वलीलाई फुलमाला लगाएर पार्टीमा स्वागत गर्दै

    राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर कोमललाई पार्टीमा स्वागत गरे । थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए ।कोमल वली यस अघि राजावादीकोरुपमा चिनिएपनि उनी कुनै पार्टीमा आवद्ध भएको भने पहिलो पटक हो । कोमल वलीलाई स्वागत गर्दै कमल थापाले उनलाई राष्ट्रिय गायिका र सञ्चारकर्मी भन्दा माथी राष्ट्रवादी ब्यक्तित्व रहेको बताए ।

    pashupati-samsher

    पशुपती शमशेर कोमल वलीलाई फुलमाला लगाएर पार्टीमा स्वागत गर्दै

    कोमलले राजनीति नामक फिल्ममा पनि अभिनय गरेकी छिन् । गायिका, पत्रकार र कलाकार तथा प्रखर, प्रतिभाशाली कोमल वलीको राजनीतिक जीवन सुखद रहोस्, सफल बनोस् हार्दिक बधाइ तथा शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु