• कस्तो छ त रन्जित र शान्ताको जोडी ?

    म्यूजिक खबर
    प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार

    आजकल प्राय सबैजना आफुले माया गर्ने जोडीको खोजीमा दौडिरहेका हुन्छन् । हुनतः सबैलाई माया गर्ने जाडीको खाँचो पनि रहन्छ । सबै आफ्नो जोडी राम र सीता अनि कृष्ण र राधाको जस्तो होस् भन्ने चाहन्छन् । यसैगरि लोक गायक रन्जित परियार र गायिका शान्ता परियार पनि आफ्नो माया गर्ने जोडीप्रति सद्भाव देखाउन अछुतो रहेनन् । यहाँ प्रसंग गीतको हो । गीतमा यस्तै आफुले माया गर्ने जोडीप्रति सद्भाव देखाइएको छ ।

    गायक रन्जित परियार र गायिका शान्ता परियारको स्वर रहेको नयाँ लोक दोहोरी गीत ‘तिम्रो जोडी मै त होला नि’को म्यूजिक भिडियो बजारमा आएको छ । कामना म्यूजिक प्रा. लि.ले बजारमा ल्याएको हो ।

    Untitled2 copy
    ‘तिम्रो जोडी मै त होला नि’ बोलको गीतमा शिव हमालको शब्द रहेको छ भने संगीत पनि स्वयम् शिवकै रहेको छ । उक्त गितको म्यूजिक भिडियोमा रन्जित र पुजाले अभिनय गरेका छन् । गितको म्यूजिक भिडियो स्मृति तिमिल्सिना ‘गुरु आमा’ले निर्देशन गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठले गरेका हुन् । दिपक विष्टले सम्पादन गरेको सो गीतको म्यूजिक भिडियोलाई म्यूजिक बैंक नपाल प्रा. लि.ले दृश्य निर्माण गरेको हो ।

    ranjit

    मिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु