• के अनु शाह तेस्रो लिंगी नै हुन् त ? हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ८ मंसिर २०७४, शुक्रबार

    मंसिर ९, काठमाडौं । डेढ दर्जन बढी फिल्ममा नायिकाको भूमिका निर्वाह गरेकी चर्चित अभिनेत्री अनु शाह तेस्रो लिंगी भएको खुलासा भएको छ । गायक तुलसी सिवाकोटीको भर्खरै सार्वजनिक भएको ‘म त मान्छे सिधा साधा’ बोलको आधुनिक गीतमा अनुले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी छिन् ।
    सुर्य खत्रीको शब्द रहेको रोमान्टिक शैलीको उक्त गीतमा अनु शाहको साथमा गायक शिवाकोटीले नै अभिनय गरेका छन् । लिला सिवाकोटीको संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्यूजिक भिडियो रोमान्टिक शैलीमा निर्माण भएको छ ।
    उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतको म्यूजिक भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    यूरोपका नेपालीहरु माझ लोकप्रिय रहेका गायक शिवाकोटीको यो गीत सार्वजनिक भएसँगै नेपाली गीत संगीतको क्षेत्रमा उनको क्रेज बढ्ने निश्चित देखिन्छ ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु