• क्षितिज र जोशी प्रस्तुत हुर्दै

    म्यूजिक खबर
    प्रकाशित: ३० पुष २०७०, मंगलवार

    काठमाडौं । ‘परेलीको बर्सातले छातीभित्र पैरो गयो’, ‘बटुवा हो मान्छे भन्नु यो संसारमा’ जस्ता थुप्रै लोकप्रिय गीतका गीतकार तथा प्रसिद्ध कवि रमेश क्षितिजका कविता माघ १ गते बुधबार काठमाण्डौंको सर्वनाम थिएटरमा प्रस्तुत हुने भएका छन । संगै गुञ्जने छ ‘जुनकिरीहरु ओर्लीरहेछ’, ‘दुर्गम उचाईमा फूलको आँधी’, ‘सेलेक्टेड पोयम मोमीला’ लगायतका कवितासंग्रहकी कवयत्री तथा यो पुस्ताकी शक्तिशाली कवि मोमीला जोशीको आवाज । हरेक महिनाको शुरुवात केही राम्रा कविता सुनेर गरौँ भन्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो दिन श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले गर्दै आएको यो श्रृंखला अन्तरर्गत माघ महिनाको श्रृंखलामा कवि क्षितिज र मोमोला गुञ्जने भएका हुन । माघ १ गते बुधवार दिउँसो पौने ३ बजे काठमाण्डौंको कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा क्षितिज र जोशीले आफ्ना कविताहरु प्रस्तुत गर्ने छन ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु