• खरबारीमा यसरी सुत्न हुन्न अरुले देख्लान्….

    म्यूजिक खबर
    प्रकाशित: २१ मंसिर २०७२, सोमबार

    आजभोलिका केटाकेटीलाई पनि के भन्नु यसो कोल्टे परेको ठाउँ देख्यो कि अँगालो हालिहाल्छन्, किस खाइहाल्छन् । मायाप्रेमको सीमा नै नाघेर हिंड्ने जमातहरु पनि छन् । हुन त टीनएजमा खतराको सूचना नै टाँस्नु पर्छ रे, जोगाउन त गाह्रो पर्ने नै भो नि । यस्ता केटाकेटीलाई म्यूजिक भिडियोमा अवसर दिइयो भने त झनै कस्तो पो होला जस्तो लाग्छ । मिराज र शितल पनि खरबारीमा सुतेको देख्दा देख्नेलाई के भयो कुन्नी तर विचार गर्नुपर्ने कुरा भने धेरै छ है । दायाबायाँ हेर्नुपर्छ जहाँ पायो त्यहीँ अँगालो भने हालिहाल्नु हुन्न भन्ने सन्देश पनि दिन्छ ।
    अब मायाप्रेमभित्र नै सम्पूर्ण कुरा देखेपछि भन्ने के ? गीतकार क्षितिजले मुटुको धड्कन, आँखाको दृष्टि पनि मायाप्रेम नै हो भनेका छन् । जीवन जीउनुको अर्थमा पनि मायाप्रेम नै देखेका छन् भने अँगालो हाल्नेलाई के भन्ने ?

    miraj
    मुटुको धड्कन आँखाको दृष्टि
    तिमी नै हौ मेरो जीवन जीउनुको अर्थ पनि
    तिमी नै हौ मेरो….
    मिराज कोइराला र शितल आचार्यको जोडी उक्त गीतको म्यूजिक भिडियोको छायाँकनमा खरबारीमा सुतेको दृश्यले नै गीतका अंश दर्शाउँछ । गीत लेख्ने मान्छेले पनि कथालाई यस्तै बाटो देखाएका होलान् जस्तो छ । मुलुकको अभावभित्र मायाको अभाव हुन नदिने गीतका क्षितिजको नयाँ गीतमा बीबी अनुरागीको संगीत रहेको छ भने श्यामश्वेत रसाइलीले स्वर दिएका छन् । गम्भीर विष्टको निर्देशनमा तयार पारिएको यस म्यूजिक भिडियोमा शितल आचार्य र मिराज कोइरालाले अभिनय गरेका छन् । अभिनयमा देश विदेशका विभिन्न रमणीय दृश्यमा यिनीहरुको माया पोखिएको देखिन्छ । म्यूजिक भिडियोलाई यूरोपका केही ठाउँमा छायाँकन गरिएको छ भने नेपालका रमणीय दृश्यलाई पनि समेटिएको छ । पवन गौतमको छायाँकन रहेको यस म्यूजिक भिडियो अब छिट्टै नै रिलिज गरिने गीतकार क्षितिजले बताए ।

    miraj koirala

    क्षितिजकै शब्दमा यसभन्दा अघि पनि सन्तोष श्रेष्ठको संगीत र मिलन अमात्यको स्वरमा रहेको जीवनभरि फूलसरी सजाउँछु भन्नेले बोलको गीत रेकर्ड भइसकेको छ । उक्त गीतको पनि म्यूजिक भिडियो बन्ने तयारीमा रहेको गीतकार क्षितिजले बताए ।

    miraj-sittal

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु