• खरेलको सिउँदोको सिन्दुर चर्चामा

    म्यूजिक खबर
    प्रकाशित: २२ श्रावण २०७१, बिहीबार

    काठमाडौं, २१ साउन । निर्देशक माधव खरेलले अभिनय गरेको म्यूजिक भिडियो सिउँदोको सिन्दुर विभिन्न मिडियाहरुवाट सार्वजानिक भएका छन् । अनु शाह र माधव खरेलद्धारा अभिनित सिउँदोको सिन्दुर यतिवेला यू टयूवमा पनि चर्चाको विषय वनेको छ । म्यूजिक नेपालले अपलोड गरेको उक्त भिडियोलाई ५ दिनमै १५ हजार भन्दा वढी भिवर्सहरुले भिजिट गरिसकेका छन् यसैकारणले पनि यो म्यूजिक भिडियो यतिवेला चर्चाको विषय वनेको हो ।

    त्यसै गरी नायक श्रीदेव भट्टराई र अनु शाहले अभिनय गरेको अर्को म्यूजिक भिडियो पनि यसै सातावाट सार्वजानिक भएको छ । ५ हजार भन्दा वढि भिवसृहरुले भिजिट गरेको त्यो कालो कोटैले बोलको गीतमा श्रीदेव र अनुको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । प्रतिभावान गायिका अस्मिता श्रेष्ठ स्वर रहेको यि दुवै गीतलाई कमल खत्रीले संगीत गरेका छन् ।
    गीतकार भरत वम्जनले लेख्नुभएको त्यो कालो कोटैले र कमल खत्रीले लेख्नु भएको सिउँदोको सिन्दुर को छयांकन रविन्द्र वरालको रहेको छ भने निर्देशन रुपेश उप्रेतीले गरेका छन् ।

     

     

    [youtube]https://www.youtube.com/watch?v=HCzzqXpZJ0E[/youtube]

     

    [youtube]https://www.youtube.com/watch?v=o6oGGMaaY1o[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु