• गायक मदन कुमार थापा र गायिका संगिता तिम्सिनाको आवाजमा ” फुल फुल्यो पँहेलै ” हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २७ भाद्र २०७५, बुधबार

    काठमान्डाँै , भदौ २७
    डिलाईट फिल्मसको प्रस्तुतीमा गायक मदन कुमार थापा र गायिका संगिता तिम्सिनाको आवाजमा ” फुल फुल्यो पँहेलै ” गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली पन झल्कने मौलिक शब्द तथा लयलाई प्रस्तुत गरिएको छ ।

    मायालुलाई गीतमा निकै रमाइलो पारामा फकाइएको छ । आफनी मायालुलाई बाटो छेकेर कुरेको कुरालाई गीतमा निकै रमाइलो पारामा ब्यक्त गरिएको छ । शशि विक्रम थापाको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । बजारमा निकै कम मात्रामा मैलिक भाकामा आइरहेको अवस्थामा लोक पारखी मनहरुमा बस्न सफल बन्नेमा आफु आशावादी रहेको गायक मदनले बताए ।

    गीतको भिडियोलाई शिव पंगेनीको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन तथा कुशल भिडियो निर्देशक शशि विक्रम थापाको निर्देशन रहेको छ । मैलिक गीतमा कुमार, निर्जला , कृष्ण , विक्रम , राजेश , सुधा,कमल , दिपेन र कौशिलाको अभिनय तथा नित्य रहेको छ ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु