• गायक श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट सम्मानित

    म्यूजिक खबर
    प्रकाशित: १६ फाल्गुन २०७०, शुक्रबार

    हेटौँडा, १६ फागुन । भीम विराग सङ्गीत तथा साहित्य प्रतिष्ठान नेपाल मकवानपुरद्वारा गीत एवम् सङ्गीतकार भीम विरागको दोस्रो स्मृतिमा आयोजित कार्यक्रममा गायक प्रकाश श्रेष्ठलाई “विजुली माया वन श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७०” बाट सम्मान गरिएको छ । गायक श्रेष्ठलाई मकवानपुर भैंसे गाविस–६ निवासी विजुली माया वन श्रेष्ठले रु एक लाखको चेक आज प्रदान गर्नुभयो ।

    कार्यक्रममा भीम विराग सङ्गीत तथा साहित्य प्रतिष्ठान नेपाल मकवानपुरका अध्यक्ष तुल्सी थापा र महासचिव सुशीला पाण्डे, साहित्यकार प्रेमविनोद नन्दन, उद्यमी कन्हैयालाल श्रेष्ठ र समाजसेवी पुरनबहादुर जोशीले गीतकार विरागको योगदानबारे चर्चा गर्नुभएको थियो । छ वर्षअघि समाजसेवी श्रेष्ठले स्थापना गर्नुभएको सो पुरस्कारबाट यसअघि वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ, गायकहरू प्रेमध्वज प्रदान, भक्तराज आचार्य, दीप श्रेष्ठ तथा गायिका शान्ति ठटाल सम्मानित भइसक्नुभएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु